sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » झड्केलो बाबुको कुटपिटबाट बालिका घाईते

खोटाङ, १६ चैत । झड्केलो बाबुको कुटपिटबाट खोटाङमा डेढ वर्षीय बालिका गम्भीर घाईते भएकी छन् । झड्केलो बाबु बुईपा–१ का चईन्ध्वज राईको कुटपिटबाट १८ महिनाकी ग्रिष्मा राई घाईते भएकी हुन् । उनले लालनपालन गर्न झन्झट लागेर झड्केलो छोरीलाई आईतबार निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट पिठ्यूँ, ढाड, पेट, खुट्टा लगायत शरीरका बिभिन्न भागमा चोट लागेका बालिकाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । बेहोस अवस्थामा अस्पताल ल्याइएका बालिकाको उपचारपछि मंगलबार बिहानबाट होस खुलेको आमा रमिला राईले बताईन् ।

दुई वटी श्रीमती बिवाह गरिसकेका चईन्ध्वज र रमिलाबीच गत माघ १८ गते बिवाह भएको थियो । चईन्ध्वजको यो तेश्रो र रमिलाको दोश्रो बिवाह हो । आफन्तका अनुशार बिवाह पछि चईन्ध्वजले रमिला र बालिकालाई जबरजस्ती अलग्गै राख्ने गरेका थिए । बालिकालाई पानीमा डुवाउने, बारम्बार कुटपिट गर्ने गरेको स्थानीयको भनाई छ । आफन्तका अनुशार चईन्ध्वजका जेठी र कान्छी श्रीमती सँगै छन् । राईका जेठीतर्फ एक छोरी र एक छोरा छन् ।

बालिकालाई कुटपिट गर्ने राईलाई सोही दिन बुईपा प्रहरी चौकीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post