sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » कारागारका महिला बालबालिकालाई भौतिक सामाग्री प्रदान

खोटाङ, २३ फागुन । जिल्ला कारागार खोटाङमा रहेका महिला तथा बालबालिकाका लागि भौतिक सामाग्री प्रदान गरिएको छ । १०६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला एकता अध्ययन केन्द्र र महिला तथा बालबालिका कार्यालयले भौतिक सामाग्री प्रदान गरेको हो ।



केन्द्रले कारागारमा रहेका चौध महिलालाई सरसफाई सम्बन्धी सेनीटरीप्याड, साबुन, दाँतब्रस, मञ्जन लगायतका सामाग्री प्रदान गरेको छ । आमासँगै कारागारमा रहेका चार बालबालिकाका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री समेत प्रदान गरिएको केन्द्रका अध्यक्ष तथा पूर्व सभाषद् दूर्गाजयन्ती राईले जानकारी दिनुभयो ।

केन्द्रले आइतबार आयोजना गरेको सामाग्री हस्तान्तरण कार्यक्रममा महिला तथा बालबालिका कार्यालयले कारागारमा रहेका चार बालबालिकालाई लुगाफाटा तथा जुत्ता प्रदान गरेको छ । सामाग्री हस्तान्तरणसँगै कारागारमा रहेका महिला तथा बालबालिको समस्याको बारेमा अनुगमनसमेत गरिएको राईले जानकारी दिनुभयो ।


सामाग्री हस्तान्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा अध्ययन केन्द्रका पदाधिकारी, कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । अन्तरपार्टी महिला सञ्जालले यसअधि , आइतबार बिहान जिल्ला अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि दुईवटा फिल्टर प्रदान गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post