sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » दिक्तेल नगरपालिका खुला दिशामुक्त घोषणा

खोटाङ, ७ चैत्र  । खोटाङको दिक्तेल नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । नगरपालिकाभित्र वाटरशील चर्पीको निर्माण तथा प्रयोग सुरु भएपछि आईतबार जिल्ला न्यायधिस शान्तीप्रसाद आचार्यले दिक्तेल नगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्नुभएको हो ।
          दिक्तेल नगरपालिकालाई खुला दिशामुक्त घोषणासभामा सहभागी । 
नगरपालिकाका १५ वडाका ३ हजार ६१० घरधुरीमा ९७ प्रतिशत पक्की शौचालयको निर्माण सकिएपछि खुला दिशामुक्त घोषणा गरिएको नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले बताउनुभयो । गत असार–१८ गते दिक्तेल नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी गरिएको खुला दिशामुक्त घोषणा कार्यक्रम प्रमुख अतिथि बिवादका कारण रोकिएको थियो । नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरेसँगै खोटाङलाई खुला दिशामुक्त घोषणाकालागि बाटो खुलेको छ । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका सबै गाविस खुला दिसामुक्त भइसकेका छन् । 

राजनैतिक दलबीचको प्रमुख अतिथि हल नभएपछि नगरपालिकाले जिल्ला न्यायधिसलाई प्रमुख अतिथि बनाएर खुला दिशामुक्त घोषणा गराएका हुन् । हालको दिक्तेल १०, ११ र १२ भने नगरपालिका घोषणा अघि २०७० साल जेठ २६ गते नै खुला दिशामुक्त घोषणा गरिसकिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post