sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २०३ जनाको उपचार

खोटाङ, २६ फागुन । नेपाली सेनाले हलेसीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २०३ जना बिरामीको उपचार गरिएको छ । 
शेर गण मुडे ब्यारेकले शिवरात्रीको अवसर पारेर सोमबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २०३ जना बिरामीको उपचार गरिएको हो । 
शिवरात्रीको अवसरमा हलेसी आउने दर्शनार्थीलाई लक्षित गरेर आयोजना गरिएको स्वास्थ्य शिविरमा ८३ जना महिला, ७४ जना पुरुष, ३५ जना वृद्धा र ११ जना बालबालिकाको उपचार गरिएको ब्यारेकका प्रमुख सेनानी मदन न्यौपानेले बताउनुभयो । एक दिने स्वास्थ्य शिविरका लागि सेनानी राजु प्याकुरेलको नेतृत्वमा २५ जनाको टोली खटाइएको न्यौपानेले जानकारी दिनुभयो । 
शिविर सञ्चालनका लागि हलेसी पुगेको सेनाको टालीले मन्दिर परिसर सरसफाई गर्नुका साथै भक्तजन मन्दिर प्रवेशमा सहयोग गरेको जनाइएको छ । शिवरात्रीको दिन भक्तजनको घुइँचो हुने भएकाले दुर्घटना हुन नदिन लाईनवद्ध मिलाएर मन्दिर प्रवेश गराइएको सेनाले जनाएको छ । 
धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा शिवरात्रीमा हप्तादिनसम्म मेला लाग्ने गरेको छ । हिन्दु, वौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसीमा नेपाल लगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, श्रीलंका, कोरिया लगायतका दर्शनार्थी आउने गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post