sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पाँच स्थानमा नमस्ते मोबाईलको टावर जडान गरिने

खोटाङ, १४ चैत । जिल्लाको पाँच स्थानमा नेपाल टेलिकमको नमस्ते मोबाईल टावर जडान गरिने भएको छ । बाहुनीडाँडा गाविसको जुरेथुम, खार्मी गाविसको बाँझोबारी, हलेसी महादेवस्थानको तुवाचुङजायजुम, डुम्रेधारापानी गाविसको डुम्रेकोट र ऐसेलुखर्कको झुलेडाँडामा टावर जडान गरिने भएको हो । 


भौतिक पूर्वाधार र विकास निर्माणबाट पछि परेको खोटाङ जिल्लामा भरपर्दो सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले टेलिकमको नमस्ते मोबाइल टावर जडान गर्ने तयारी गरिएको सांसद पाँचकर्ण राईले जानकारी दिनुभयो । बाहुृनीडाँडा र खार्मीे गाविसमा यसै चालू आर्थिक वर्षमा निर्माण कार्य सुरु हुने र बाँकी ठाँउमा अर्को आर्थिक वर्षमा निर्माण गरिने जनाइएको छ । 

मन्त्रालयले जिल्लाको बुइपामा २०० थान, हलेसीमा ५०० थान र अर्खौले बजारमा १०० थान ल्याण्डलाईन टेलिफोन बिस्तार प्रक्रिया अगाडि बढाएको जनाइएको छ । खोटाङ क्षेत्र नम्बर–१ बा निर्वाचित सांसद राईले चैत १२ गते सञ्चार मन्त्रालयमा प्रस्तुत गर्नुभएको पत्रमा सञ्चार मन्त्री शेरधन राईले तोक लगाउनुभएपछि टावर जडान र टेलिफोन लाईन बिस्तार कार्य अगाडि बढ्न लागेको हो ।

७२ गाविस र एक नगरपालिका रहेको जिल्लामा अझै पनि अधिकांश गाविसमा टेलिफोन सेवा पुगेको छैन । गाउँमा फोन नलागेपछि उक्त गाविसका सेवाग्राही फोन गर्नका लागि घण्टौं धाएर उच्च स्थानमा जाने गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post