sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » दिक्तेल नगरपालिकालाई एकैसाथ खुला दिशामुक्त र साक्षर घोषणा गर्ने तयारी

खोटाङ, फागुन । खोटाङको दिक्तेल नगरपालिकालाई आगामी चैत्र–७ गते खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ । दिक्तेल नगरपालिका स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिले बिहिबार बोलाएको सर्वदलीय बैठकले चैत्र पहिलो हप्ता नगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्ने निर्णय गरेको हो ।

नगरपालिका स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिको निर्णय कार्यान्वयनकालागि जिल्ला स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिलाई सिफारिस गरिएको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले बताए । ‘नगरपालिकालाई चैत्र ७ गते खुला दिशामुक्त घोषणा गर्ने निर्णय भएको छ,’ कार्यकारी अधिकृत किरातीले भने, ‘जिबिसबाट अनुमोदन भए तोकिएकै समयमा घोषणा हुन्छ ।’

गत असार–१८ गते खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी गरिएको खुला दिशामुक्त घोषणा कार्यक्रम प्रमुख अतिथि बिवादका कारण रोकिएको थियो । मञ्च व्यवस्थापन, गेट निर्माण, जातीय झाँकी प्रदर्शन लगायतका कार्यक्रम लगायतका तयारी पूरा भइसकेको नगरलालिका खुल्ला दिशामुक्त घोषणा कार्यक्रम प्रमुख अतिथिका बिषयलाई लिएर अन्तिम समयमा बन्द गर्नुपरेको थियो । कार्यक्रममा बोलाइएका अतिथिलाई आयोजकले सोही दिन बिहान फोनमार्फत ‘प्राबिधिक कारणबस’ कार्यक्रम गर्न नसकिएको जानकारी गराएको थियो ।

नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरेपछि मात्र जिल्ला घोषणाकालागि बाटो खुल्ने छ । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा नगरपालिका बाहेक अन्य सबै गाविस खुला दिसामुक्त भइसकेका छन् । सबैको घरमा मापदण्ड अनुशारका वाटरशिल चर्पी निर्माण भएको अनुगमन टोलीले दिएको तथ्यांकका आधारमा नगरपालिकालाई असारमै दिशामुक्त क्षेत्र घोषणाको तयारी गरिएको थियो ।
नगरपालिकालाई खुला दिशामुक्त सँगै पूर्ण साक्षर नगर घोषणाको पहल थालिएको छ । १५ वर्षदेखि ६० वर्ष उमेरका निरक्षर जनसंख्यामध्ये ९५ प्रतिशत सर्वसाधारण साक्षर बनीसकेको आँकलनसहित नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्ने तयारी गरिएको हो ।

बालसेवा अध्ययन केन्द्रको पहलमा शुक्रबार आयोजना गरिएको कार्यक्रमले नगरपालिकालाई खुला दिशामुक्त सँगै पूर्ण साक्षर घोषणा गर्ने बाटो खुलाएको छ । यसकालागि फागुन मसान्तभित्र निरक्षरको तथ्यांक संकलनकालागि नगरपालिकाभित्रका बिद्यालयका प्रअलाई फर्म वितरण गरिएको छ । प्रअ÷शिक्षकबाट आउने प्रतिबेदनका आधारमा नगरलाई पूर्णसाक्षर घोषणाको टुंगो लगाईने जिल्ला शिक्षा अधिकारी केशव दाहालले बताए । यसअघिकै प्रतिबेदनले नगरपालिका ९५ प्रतिशत साक्षर भइसकेको देखाएकाले पूर्ण साक्षर घोषणा गर्न अप्ठ्यारो नभएको जनाइएको छ ।

२०६७ सालदेखि सञ्चालन गरिएको साक्षर अभियान नेपाल अन्तरगत गाबिसका निरक्षर नागरिक एकदेखि सय अंक लेख्न र भन्न, आम्दानी र खर्चको बिबरण राख्न, बैंक भौचर भर्न, मोवाइल चलाउन र क्यालकुलेटर चलाउन, सभासमारोहमा गएर बोल्न सक्ने बनेपछि नगर वा गाबिसलाई साक्षर घोषणा गर्न सकिने प्रावधान छ । निरक्षर नागरिकलाई कम्तीमा नेपाली वा मातृभाषामा लेखिएका शव्द, वाक्य, सामान्य लिखत पढ्न, दैनिक जीवनयापनकाक्रममा आवश्यक अंक गणितीय हिसाव गर्न सक्षम बनाउने लक्ष्यका साथ जिल्लामा साक्षर नेपाल अभियान सञ्चालन भइरहेको छ । 

अतिथि विवादले रोकिएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम अझै भएन


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post