sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » शान्ति समितिको संयोजकमा श्यामराज

खोटाङ,९ चैत्र । स्थानीय शान्ति समिति खोटाङको संयोजक १३ औं पटक परिवर्तन भएको छ । सर्वसहमतीमा प्रतेक ६ महिनामा परिवर्तन हुने शान्ति समितिको संयोजक सोमबार परिवर्तन गरिएको हो ।
समितिका संयोजककारुपमा काम गर्दैआएका संघीय समाजबादी फोरम नेपालका अध्यक्ष सुर्यबहादुर राईको कार्यकाल सकिएपछि चक्रीय प्रणाली अनुशार नेकपा मालेका केन्द्रीय सदस्य श्यामराज राईले संयोजकको जिम्मेवारी लिएका छन् । 

दिक्तेलस्थित शान्ति समितिको कार्यालयमा एक कार्यक्रम गरी निबर्तमान संयोजक सर्यबहादुर राईले बर्तमान संयोजक श्यामराज राईलाई पद हस्तान्तरण गरेका छन् । निवर्तमान र बर्तमान संयोजकबीच डायरी साटासाट गर्दै आपसमा अबिर र खादा लगाएर पद हस्तान्तरण गरिएको छ । जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले सहमतीका आधारमा हरेक ६–६ महिनाकालागि पालै–पालो शान्ति समिति संयोजकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
संघीय समाजबादी फोरमका अध्यक्ष राई गत भदौ ७ गतेदेखि स्थानीय शान्ति समितिको संयोजकको भूमीकामा रहेका थिए । शान्ति समितिको संयोजक परिवर्तन कार्यक्रममा अनिवार्य अवकाश प्राप्त गर्न लागेका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्कालाई बिदाई गरिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post