sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » बाक्सिलाको बिजयी सुरुवात

खोटाङ, २१ फागुन । खोटाङमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बिहिबारदेखि माबि स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो ।

सांसद बिशाल भट्टराईले बिहिबार उदघाटन गरेको प्रतियोगीतामा शुक्रबारदेखि मात्र प्रतिष्पर्धा गराईएको छ । प्रतियोगीतामा पृथ्बी उच्च माबि बाक्सिला अन्य बिद्यालयलाई पछि पार्दै अग्रस्थानमा छ । अधिकांश बिद्यामा पृथ्बी उच्च माबिले प्रमुख स्थान सुरक्षित गर्न सफल भएको छ ।
 

सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा जारी प्रतियोगीतामा भलिबलतर्फ जनता माबि सल्ले प्रथम, गंगोद्धय माबि दुबेकोल दोश्रो तथा सिमापानी उमाबि र पृथ्बी उच्च माबि बाक्सिला तेश्रो भएका छन् । आयोजकका अनुशार छात्रतर्फको १५ सय मिटर दौडमा थर्पुडाँडा माबिका अनिल निरौला र छात्रातर्फ पृथ्बी उच्च माबि बाक्सिलाका दिर्पा बस्नेत प्रथम भएका छन् । छात्रतर्फको ४ सय मिटर दौडमा पृथ्बी उच्च माबिका प्रकाश श्रेष्ठ र छात्रातर्फ सोही बिद्यालयकी सर्मिला कार्की प्रथम भएकी छन् । सटफुट छात्रातर्फ पृथ्बी उच्च माबिकी अनुष्मा राई, छात्रतर्फ थर्पुडाँडा माबि सप्तेश्वरका समिर राई प्रथम भएको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख लिलाभक्त केसीले जानकारी दिए ।

२ सय मिटर दौड छात्रतर्फ पृथ्बी उच्च माबिका प्रकाश श्रेष्ठ र छात्रातर्फ शंखेश्वरी माबि बराहपोखरीका लक्ष्मी खड्का प्रथम भएकी छन् । लङजम्प छात्रतर्फ शंखेश्वरी माबि बराहपोखरीका प्रदीप तामाङ, छात्रातर्फ पृथ्बी उच्च माबिका बिनिता राई प्रथम भएका छन् । छात्र÷छात्रातर्फको ४ ईन्टु ४ सय मिटर दौडमा पनि पृथ्बी उच्च माबि बाक्सिलाले प्रथम स्थान प्राप्त गरेको छ ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगीतामा ३ हजार मिटर दौड, ८ सय मिटर दौड, कबर्डी लगायतका खेल हुन बाँकी रहेको खेलकुद बिकास समितिका अध्यक्ष माईतीराज राईले बताए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post