sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » राष्ट्रपति रनिङ कपको उपाधि पृथ्वी उच्च मावि बाक्सिलालाई

खोटाङ, २३ फागुन । जिल्लामा सञ्चालित चौथो राष्ट्रपति रनिङ कपको उपाधि पृथ्वी उच्च मावि बाक्सिलाले उचालेको छ । जिल्लाका चौध विद्यालयलाई पछि पार्दै २६८ अङ्कका साथ पृथ्वी उच्च मावि बाक्सिलाले उपाधिमाथि कब्जा जमाएको हो । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आईतबार सम्पन्न प्रतियोगीतामा १२ स्वर्ण, ९ रजत र ५ कास्यसहित पृथ्बी उच्च माबिले राष्ट्रपति रनिङ शिल्डको पहिलो उपाधि हात पारेको हो ।

यस्तै, प्रतियोगीतामा १९१ अंक ल्याएको सरस्वती उच्च माबि दिक्तेलले २ स्वर्ण, ४ रजत र ६ कास्य सहित दोश्रो स्थान प्राप्त गरेको छ । शंखेश्वरी माबि बराहपोखरीले २ स्वर्ण, ४ रजत र ४ कास्या जित्दै प्रतियोगीताको तेश्रो उपाधि हात पारेको छ । शंखेश्वरीले १२० अंक बटुलेको थियो ।

प्रतियोगितामा पहिलो हुने पृथ्वी उच्च मावि बाक्सिलाले नगद ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, दोश्रो र तेश्रो हुने विद्यालयले क्रमशः नगद बाह्र र नौं हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

राष्ट्रपति कपको शिल्ड उचाल्दै पृथ्बी उच्च माबिका खेलाडी तथा शिक्षक ।
प्रतियोगीतामा शंखेश्वरी माबिले अनुशासित तथा तेक्वान्दोका बाक्सिला डोजाङले उत्कृष्ट खेलाडीको उपाधि उचालेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माईतीराज राईले बताउनु भयो । बिजेता बिद्यालय तथा खेलाडीलाई जिल्ला शिक्षा अधिकारी केशव दाहाल, जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत नरहरि सापकोटा लगायनले नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेको हो ।

यस वर्ष जिल्लामा भलिबल, कबर्दी, तेक्वान्दो, सितोरियो कराते र एथ्लेटिक्सगरी पाँचवटा विद्यामा प्रतियोगिता गराइएको थियो । सबै प्रतियोगिताको नम्बर जम्मा गर्दा सबैभन्दा बढी अङ्क ल्याउने विद्यालय छनौट गरिएको हो ।

यसअघि तेश्रो, दोश्रो र प्रथम तीनवटै संस्करण जालपा मावि नुनथलाले जितेको थियो । यसअघिको प्रतियोगितामा कप पच्चा गर्ने जालपा मावि नुनथला यस वर्षको प्रतियोगितामा सहभागी भएको थिएन ।

प्रतियोगीतामा जिल्लाका २४ बिद्यालयले प्रतिष्पर्धा गरेको खेलकुद बिकास समितिका कार्यालय प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो ।  ‍

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post