sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » प्रेस चौतारीको अध्यक्षमा आचार्य

खोटाङ, १८ फागुन । प्रेस चौतारी नेपाल जिल्ला शाखा खोटाङको अध्यक्षमा पुनः हरिबोल आचार्य चयन भएका छन् । चौतारीको चौथो अधिबेसन तथा दशौँ साधारणसभाबाट आचार्य दोश्रो कार्यकालकालागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

‘संबृद्ध नेपाल निर्माणकालागि सबल श्रमजिबी पत्रकार, प्रेस स्वतन्त्रता र व्यवसायीक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने नारासहित सोमबार साँझ सम्पन्न अधिबेसनले आचार्यको अध्यक्षतामा १५ सदस्यीय चौतारीको कार्यसमिति गठन गरेको छ ।

चौतारीको उपाध्यक्षमा युवराज रोईला, सचिवमा सुनिता मगर, सहसचिवमा सर्मिला राई चयन भएका छन् । पछि थप गर्नेगरी कोषाध्यक्ष पद रिक्त राखिएको छ । अधिबेसन सांसद बिशाल भट्टराईको प्रम्ुख आतिथ्य तथा चौतारीका केन्द्रीय सदस्य ईन्द्र आचार्य र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काको बिशेष आतिथ्यमा सम्पन्न भएको हो । देबेन्द्र राई, बिकास आचार्य, सिर्जना राई, दिपेश आचार्य, माधव आचार्य, सुजन आचार्य, सन्तोष श्रेष्ठ, रमिला राई, पारस राई र सन्तोष पौडेल चौतारीको सदस्य छानिएका छन् ।

पत्रकारिताको माध्यमबाट जिल्लाको बिकास निर्माणका सवालमा पु¥याएको भन्दै अधिबेसन उदघाटनका अवशरमा चौतारीले पत्रकार कृष्ण आचार्य र दमन राईलाई जनही २ हजार ५ सय र सम्मानपत्र सहित सम्मान गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post