sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » पत्रकार राईलाई ‘जेन्डर रेस्पोन्सिभ जर्नालिज्म अवार्ड’

खोटाङ, १ चैत्र । खोटाङका पत्रकार सइन्द्र राई ‘जेन्डर रेस्पोन्सिभ जर्नालिज्म अवार्ड’बाट पुरस्कृत भएका छन् । ‘यूएन वुमन’ र ‘मिडिया एडभोकेसी ग्रुप’ले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कारबाट यस वर्ष हिमालखबर पत्रिकाका पत्रकार राई पुरस्कृत भएका हुन् ।

हिमालखबर पत्रिकामा प्रकाशित राईको ‘गरिखानेलाई झनै गाह्रो’ शीर्षकको रिपोर्टका लागि उनलाई पुरस्कार प्रदान गरिएको हो । ललितपुरमा सोमबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पत्रकार राईलाई नगद २५ हजार र प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

सर्लाहीबाट राईले गरेको उक्त रिपोर्ट मधेश आन्दोलनले पीडित बनेका महिलाको बिषयमा थियो । खोटाङमा पत्रकारिता सुरु गरेका राई केही वर्षअघिदेखि राजधानीमा कार्यरत छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post