sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » जसराज किराँती प्रतिभा पुरस्कार कबि मनु मन्जिललाई

खोटाङ, २८ फागुन । खोटाङमा रहेर नेपाली साहित्य साधनामा लामो समयदेखि स्थापित कवि जसराज किराँतीको नाममा स्थापना भएको प्रतिभा पुरस्कार कवि मनु मन्जिलले पाउने भएका छन् ।

‘जसराज किराँती प्रतिभा पुरस्कार’ नामको उक्त पुरस्कार आगामि चैत ६ गते शनिबार एक बजे बागबजार काठमाडौँमा एक समारोहका बीच प्रदान गरिने कार्यक्रमका संयोजक टीका चाम्लिङले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । ‘विगत तीन दशकदेखि कविता लेखनको अनवरत साधनामा लागिरहेका कवि मनु मन्जिलको योगदानको उचित कदर गर्दै उक्त पुरस्कार उहाँलाई प्रदान गरिने निर्णय गरिएको हो’, विज्ञप्तिमा भनिएको छ ।

 पुरस्कार पाउने कवि मनु मन्जिलका दुई वटा कविता कृति प्रकाशित छन् । ‘आँधिको आवेग’ उनको पहिलो कविता संग्रहलाई वाणि प्रकाशन विराटनगरले ल्याएको थियो भने दोस्रो संग्रह ‘ल्याम्प पोस्टबाट खसेको जुन’ काठमाडौँको फाइन प्रिन्टले ल्याएको थियो । कवि मनु मञ्जिलले एक पटक सार्क युवा पुरस्कार समेत पाइसकेका छन् । उनी नेपाली र अंग्रेजी दुबै भाषामा कविता लेखन र अनुवादनमा सफल मानिन्छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post