sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » सार्वजनिक परिक्षण सम्बन्धी कार्यक्रम

खोटाङ, ४ चैत्र । खोटाङको खार्मीमा सार्वजनिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय निकाय तथा बिभिन्न परियोजनाबाट सञ्चालन हुने अनुदान तथा योजनाको पारदर्शीताकालागि वडानागरिक मञ्चका पदाधिकारीलाई सहभागी गराएर बिहिबार सार्वजनिक परिक्षण सम्बन्धी अभिमुखीकरण गरिएको हो ।

एसएएलजिपी र बालसेवा समाज नेर्पाको सहयोगमा नवयुवा फुलपाती सेवा समाज पाथेकाले कालिका माबि खार्मीमा कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीलाई सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, यसका बिधि, उद्धेश्य, फाईदा, वडानागरिक मञ्चको भूमीका लगायतका बिषयमा जानकारी दिइएको छ ।

राजनैतिक दल, गाबिस सचिव समेतको सहभागीता रहेको कार्यक्रममा नवयुवा फुलपाती सेवा समाजका कार्यक्रम संयोजक पेम्बा तामाङ र खोटाङ गैर–सरकारी संस्था महासंघका अध्यक्ष हात्तीराम राईले सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post