sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » एमाले दिक्तेल नगर कमिटिको अध्यक्षमा आचार्य

खोटाङ, २७ फागुन । नेकपा एमाले दिक्तेल नगर कमिटिको अध्यक्षमा गोपालचन्द्र आचार्य चयन हुनुभएको छ । आज बिहान तीन बजे सम्पन्न एमालेको प्रथम नगर अधिवेशनबाट आचार्य अध्यक्षमा निविरोध चयन हुनुभएको हो ।

नगर कमिटिको उपाध्यक्षमा भीम राई, सचिव डिल्ली राई, सहसचिवमा सम्भू घिमिरे र कोषाध्यक्षमा अनुप राई चयन हुनुभएको छ । ३३ सदस्यीय कमिटिको संगठन विभाग प्रमुखमा सुवाशचन्द्र आचार्य चयन हुनुभएको एमालेले जनाएको छ ।

‘बैचारिक सशक्तिकरण र विकासको सन्तुलन हाम्रो अभियान, सशक्त संगठनका लागि एमालेको प्रथम नगर अधिवेशन’ भन्ने नाराका साथ एमालेका केन्द्रीय सचिव तथा पूर्वाञ्चल ईन्चार्ज भीम आचार्यको प्रमुख आतिथ्यमा अधिवेशन बुधबार उद्घाटन गरिएको थियो ।

दिक्तेलस्थित स्थानीय हेलीप्याडमा उद्घाटन कार्यक्रममा एमालेका अर्का सचिव योगेश भट्टराई, एमालेका केन्द्रीय सदस्य तथा जन साँस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, बैकल्पिक सदस्य तथा सांसद विशाल भट्टराई, बैकल्पिक केन्द्रीय सदस्य राजन राई, सांसद पाँचकर्ण राई लगायतको उपस्थिति रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post