sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बस उफारिँदा टाउको ठोक्किएर महिला घाईते

खोटाङ, २० फागुन । खोटाङमा कच्ची सडकमा बस उफारिँदा टाउको ठोक्किएर एक महिला घाईते भएका छन् । दिक्तेलबाट यात्रु लिएर जयराम जाँदैगरेको ना ३ ख ६१८६ नम्बरको बस सडकमा भएको खाल्डाखुल्डीमा उफारिँदा जालपा–१ का शान्ता तामाङ घाईते भएकी हुन् ।

खाल्डाखुल्डीमा बस उफारिँदा सिटबाट मिल्किएका तामाङको सामान राख्ने ¥याकमा टाउको ठोक्किएर चोट लागेको श्रीमान प्रेम पाख्रिनले बताए । टाउकोमा चोट लागेका शान्ताको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । मुढेमा पुग्दा बस उफारिएर टाउकोमा चोट लागेका तामाङको शेरगण मुढेमा सामान्य उपचारपछि जिल्ला अस्पताल पु¥याइएको आफन्तले बताएका छन् ।

कच्ची र खाल्डाखुल्डी भएका कारण जिल्लाको यात्रा जोखिमपूर्ण छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post