sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बस दुर्घटनाका घाईतेलाई काठ्माण्डौं पठाईयो, मृतक संख्या २४ पुग्यो (अपडेट)

खोटाङ, ३० चैत्र । खोटाङमा भएको बस दुर्घटनाका घाईतेलाई उपचारकालागि नेपाली सेनाको हेलीकोप्टरबाट राजधानी काठ्माण्डौं पठाइएको छ । जिल्लाको पश्चिमी गाबिस महादेबस्थान–१ बर्खेटारमा बा २ ख ६३७६ नम्बरको बस पल्टिदा घाईते भएकामध्ये २३ जनालाई थप उपचारकालागि नेपाली सेनाको हेलीकोप्टरबाट राजधानी पठाइएको शेरगण मुढे व्यारेक दिक्तेलका गणपति मदन न्यौपानेले बताउनुभयो । उनीहरुमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको ट्राफिक प्रहरी असई तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । घाईतेको नाम र ठेगाना खुल्न सकेको छैन ।

उद्धार गरेर घटनास्थलबाट हलेसी पु¥याइएका घाईतेलाई सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं पठाइएको हो । घाईते बोकेको हेलीकोप्टर मध्यह्न उँडेको गणपती न्यौपानले बताउनुभयो । दुर्घटनामा सामान्य घाईते भएका ७ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनामा सहचालक तेन्जी शेर्पा सबैभन्दा सामान्य घाईते भएका छन् । मंगलबार बिहान दिक्तेलबाट काठ्माण्डौंकालागि छुटेको बस दुर्घटना हुँदा ३१ यात्रु घाईते भएका थिए । घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब १० कोस टाढा पर्छ ।

बस सडकको कुनामा थुपारिएको ढुंगाको थुप्रो छलेर पार गर्नेक्रममा सडकको डिल भासिएर पल्टिएको अनुमान गरिएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको घटनास्थलमा खटिएका उद्धारकर्मीले बताएका छन् । हालसम्म काठ्माण्डौंका चालक उर्जुन उप्रेती सहित १७ पुरुष र ७ महिलाको शव बर्खेटार भीरको पाखामा छरपस्ट भएको अवस्थामा संकलन गरिएको घट्नास्थलबाट जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताउनुभयो । पुरुष मृतकमध्ये एक जना बालक छन् ।

सडकबाट डेढ सय मिटर तल खसेको बस भीरमा रहेको बाँसको घारीमा अड्किएको छ । ठाडो भीर भएकाले पल्टिएको मान्छे उछिट्टिएर छरपष्ट भएको प्रहरीले जनाएको छ । मृतकको शव पाखा र खोल्साखाल्सीबाट सडकमा निकाल्ने क्रम जारी छ । अन्य मृतक हुन सक्ने आशंकामा खोजी गर्नेक्रम जारी छ ।

सदरमुकाम दिक्तेलबाट १८ यात्रु लिएर बिहान ५ जबे छुटेको बस बिहान करिब ८ बजेतिर पल्टिएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी अर्खौलेका प्रहरी र स्थानीयबासीले उद्धारका काम गरिरहेका छन् । दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली घटनास्थल पुगेका छन् ।

बर्खेटारमा बस दुर्घटना 

 

 घटनास्थल

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post