sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ढिलासुस्तीका बिषयमा अख्तियारको चासो

खोटाङ, १५ बैसाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङको निर्माणाधिन पुल र सडक निर्माणमा भइरहेको ढिलासुस्तीका बिषयमा चासो देखाएको छ । 

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोसीस्थित जयरामको पुल, खोटाङ र उदयपुरको फोक्सिङटारस्थित सुनकोसी पुल, दिक्तेल–हलेसी सडक कालोपत्रेका काममा भइरहेको ढिलाइका विषयमा अख्तियारले चासो देखाएको हो । आयोगको पुर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाले बुधबार सदरमुकाम दिक्तेलमा आयोजना गरेको अन्तरक्रियामा पुल र सडक सम्झौता मिति नाघेको वर्षौँसम्ममा पनि पूरा नभएको भन्दै आवाज उठेपछि आयोगका क्षेत्रीय प्रमुख रबिन्द्रप्रताप शर्माले जिल्लाको बिकास, निर्माण, शिक्षा, स्वास्थ्य, सडक, राजनिती लगायतका क्षेत्रमा भइरहेको भ्रष्टाचार र ढिलासुस्तीका बिषयमा चासो देखाउनु भएको हो । उहाँले पुल र सडक कालोपत्रेका कामा भइरहेका ढिलाइका बिषयमा अख्तियारले कारबाही गर्ने प्रतिबद्धता जनाउनु भयो । 

अख्तियारका पुर्वाञ्चल क्षेत्रीय प्रमुख रबिन्द्रप्रसाद शर्माले भ्रष्टाचारीको अन्त्य दुखद हुने बताउनुभयो । भ्रष्टाचारले पोलेका मान्छे डिप्रेसन हुँदै पलायनसम्म पुग्ने शर्माको भनाई थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post