sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी नै परेन

खोटाङ ६ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तीको छानबिन आयोगले निबेदन आव्हान गरेको पाँच दिन बित्दा समेत खोटाङमा द्धन्द्ध पिडितको उजुरी परेको छैन । 

दुबै आयोगले स्थानीय शान्ति समितिको कार्यालयमार्फत निबेदन आव्हान गरेपनि हालसम्म हत्या, अपहरण तथा शरीर बन्धक, बेपत्ता, अंगभंग वा अपांग, शारीरिक वा मानसिक यातना, सम्पत्ती लुटपाट, कव्जा, तोडफोड वा आगजनी, जबरजस्ती घर निकाला वा बिस्थापन, यौन हिंसा लगायतका घट्नाका सम्बन्धी पिडितबाट उजुरी नपरेको हो । 

आयोगले निबेदन आव्हान गरेको पाँच दिन बित्दासमेत एउटा पनि उजुरी नपरेको शान्ति समिति खोटाङका कार्यालय सचिव दिनेश घिमिरेले बताए । ओखलढुंगामा बेपत्ता सम्बन्धी एक वटा मात्र उजुरी परेको छ भने, सोलुखुम्बुमा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा ११ र बेपत्ता सम्बन्धी ३ वटा उजुरी परेको छ । जिल्लामा हजारौं द्धन्द्ध पिडित भएपनि हालसम्म उजुरी नपर्नाले अचम्मित बनाएको कार्यालय सचिव घिमिरेले बताए । ‘अरु जिल्लामा धमाधम उजुरी दर्ता भइरहेको छ,’ घिमिरेले भने, ‘खबर नपुगेर वा सुरक्षाको कारण हो, हाम्रोमा उजुरी नै आएको छैन ।’

द्धन्द्धकाक्रममा जिल्लाका १२२ सर्वसाधारण तथा २२ प्रहरी, ११ सेना र ६ जना शसस्त्र प्रहरीले ज्यान गुमाएका थिए । यस्तै, २३९ जना विस्थापित, ५३ जना अपांग, ४ जना अपहरण, ५ जना बेपत्ता, १२० जनाको सम्पत्ती क्षती भएको स्थानीय शान्ति समितिको तथ्यांकमा उल्लेख छ । सबै किसिमका द्धन्द्ध पिडितले उजुरी दिनसक्ने शान्ति समितिले जनाएको छ । 

सशस्त्र द्धन्द्धको समयमा निशस्त्र नागरिकलाई लक्षीत गरी योजनाबद्धरुपमा गरिएको मानव अधिकारका गम्भीर उल्लंघनका घट्नाहरुको बारेमा छानबीन गरी सत्यतथ्य पत्ता लगाएर वास्तबिक तथ्य जनसमक्ष ल्याउने र संलग्न दोषीलाई कानूनी कारबाही तथा पीडितलाई परिपूरणको सिफारिस गर्नकालागि आयोगले बैसाख २ गते देखि जेठ मसान्तभित्र उजुरी दिन आव्हान गरेको छ । 
दुबै आयोगले २०५२ साल फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेको अवधिमा भएका मानव अधिकार उल्लंघनका घटेनाको अनुसन्धान र छानबिन गरी सत्यतथ्य पत्ता लगाउन, पीडितको सत्य जान्न पाउने अधिकार सुनिश्चित गर्न, पीडित र पीडक पहिचान गर्न, घटनाका अन्तर्निहित कारण पत्ता लगाउन र पीडितलाई परिपूरणकालागि सिफारिस गर्न उजुरी खुलाएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post