sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » चन्दा उठाएरै ‘बाक्सिला गोल्डकप’को तयारी

खोटाङ, चैत्र १९ । खोटाङकै पहिलो र प्रतिष्ठित फुटबल प्रतियोगीता ‘बाक्सिला गोल्डकप’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक बाक्सिला फुटबल क्लबले बिहिबार दिक्तेलस्थित माटिकोरे कबर्डहलमा पत्रकार सम्मेलन गरी गोल्ड कपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।


             गोल्डकपको तयारीका बिषयमा जानकारी दिँदै क्लवका अध्यक्ष समीर राई लगायत । 

 बाक्सिलास्थित खेलमैदान सरसफाई, मञ्च व्यवस्थापन, खेलाडी र प्रशिक्षककालागि होटल व्यवस्थापन, आर्थिक संकलन, प्रचार–प्रसार लगायतका काम तिब्र गतिमा भइरहेको क्लवका अध्यक्ष समीर राईले बताए । बाक्सिला फुटबल क्लबले नयाँ वर्षको अवशर पारेर आगामी बैसाख ७ गतेदेखि हप्ता दिनसम्म ‘बाक्सिला गोल्डकप’को नवौं संस्करण सञ्चालन गर्ने तयारी गरेको छ । २०६१ सालदेखि निरन्तर ८ औं संस्करण गराएको क्लबले तीन वर्षको ग्यापमा गोल्डकपलाई निरन्तरता दिएको हो । चन्दाकैभरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको गाँस काटेर प्राप्त हुने सहयोगमा प्रतियोगीता गर्न लागेको जनाएको छ । 

जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि सहयोग मागेर ‘बाक्सिला गोल्डकप’ सञ्चालन गर्न लागिएको अध्यक्ष राईले बताए । ‘खेलकुदलाई हेय नजरले हेर्ने गरिन्छ, न राज्यको सहयोग छ न त अरुकै,’ अध्यक्ष राईले भने, ‘फुटबल खेलाडीको प्रोत्साहन र अवशर सिर्जना गरेर यसको व्यवसायीक बिकासकालागि दुःखकासाथ प्रतियोगीतालाई निरन्तरता दिन लागिएको हो ।’ रनिङ कपलाई हरेक वर्ष सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि दिक्तेल गाबिसले लगातार तीन पटकसम्म कप पच गरेका कारण २०६९ साल यता प्रतियोगीता सञ्चालन हुन सकेको थिएन । लगातार प्रतियोगीता सञ्चालन गर्ने पहिचान बनाएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल प्रतियोगीताका बिजेता टिमलाई नगद पुरस्कार प्रदान गर्ने प्रचलन सुरुवात गरेको हो । ८ औं संस्करणका बिजेता र उपबिक्रजेतालाई क्लवले क्रमशः २० हजार र १५ हजार प्रदान गरेको थियो । यसपल्टको खेलमा नगद पुरस्कारको राशी बृद्धि गरिने अध्यक्ष राईले बताए ।

प्रतियोगीतामा नबीकरण भइरहेका क्लव, संस्था, गाबिस, नगरपालिका, क्याम्पस, विद्यालयका खेलाडीको कम्तीमा एक दर्जन टिमको सहभागीता रहने छ । चैत्र २६ गतेसम्म टिम दर्ता र २८ गते खेल तालिका सार्वजनिक गरिने क्लवले जनाएको छ । पत्रकार सम्मेलनमा सितोरियो करातेका प्रशिक्षक बिचारी तामाङ, सोल्मा स्पोर्टस क्लवका अध्यक्ष ध्रुवबिक्रम राई, नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सञ्जयकुमार राई लगायतको उपस्थिति रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post