sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » धर्नामा प्रहरीद्धारा हस्तक्षेप

खोटाङ, २३ चैत । खोटाङको दुई वटा पुल यथाशिघ्र निर्माणको माग गर्दै सडक बिभागमा धर्ना दिन पुगेका टोलीमाथि प्रहरी हस्तक्षेप भएको छ । खोटाङको जयरामस्थित दुधकोसी पुल निर्माणको कामलाई तिब्रता प्रदान गर्न तथा फोक्सिङ्टारस्थित सुनकोसीको पुल निर्माणको काम तत्काल सुरु गर्नकालागि दवाव स्वरुप सडक बिभागको ललितपुरस्थित कार्यालयमा धर्नामा बसेका टोलीमाथि प्रहरी हस्तक्षेप भएको हो । मंगलबार बिहान १० बजेदेखि एक घण्टाकालागि धर्नामा बसेकामध्ये एमाले बैकल्पिक केन्द्रीय सदस्य राजन राई, तेक्वान्दो प्रशिक्षक अर्जुनभक्त राई सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको अखिलका केन्द्रीय सदस्य मिलन राईले जानकारी दिनुभयो ।
खोटाङका सांसद बिशाल भट्टराई, पाँचकर्ण राई, पुर्वसभाषद उषाकला राई, एमाले बैकल्पिक केन्द्रीय सदस्य राजन राई, खोटाङ सेवा समाज काठ्माण्डौँका अध्यक्ष राकेश राई सहित जिल्लाबासीको टोली सडक बिभागमा धर्नामा बस्नुभएको थियो । धर्नाकारीले ‘ठेकेदारलाई कारबाही गर’, ‘रोकिएको काम अबिलम्ब सुरु गर’, ‘ठेकेदार जोगाउने कर्मचारीलाई कारबाही गर’ लगायतका नाराबाजी गरेका छन् । सम्झौता भएको ६ वर्ष बितिसक्दा समेत दुधकोसीको पुल निर्माणको काम पूरा हुन सकेको छैन ।

यस्तै, टेण्डर भएर काम थाल्ने सम्झौता गरिएको २ वर्ष बित्दा पनि सुनकोसीको फोक्सिङटारस्थित पुलको काम सुरु नगरिएका कारण ठेकेदारमाथि कारबाही माग गरिएको धर्नामा संलग्नहरुको भनाई छ । तराईलाई जोड्ने मूख्य नाकाकारुपमा रहेको दुई पुल निर्माण नहुँदाको प्रत्यक्ष अशर जिल्लाको अन्य बिकासमा परेको भन्दै जिल्लाबासीले गत माघ २४ गतेपनि सडक बिभागमा धर्ना दिएका थिए ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post