sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » आगलागीमा चार घर नष्ट

खोटाङ, २८ चैत ।  खोटाङमा आगलागीमा चार घर नष्ट भएको छ । दुर्छिम–७ राबुका बोखलजित राई र सर्वजीत राईको घर तथा आईतबार सप्तेश्वर–३ का सार्जन राई र बाक्सिला–५ का कालुमान तामाङको घर जलेर नष्ट भएको हो । केटाकेटीले खाना पकाउनेक्रममा सल्किएको आगोले सर्वजितको करिब १२ लाख र बोखलजितको करिब ८ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा मानवीय क्षती नभएपनि बोखलजीतको दुई वटा सुँगुर र एउटा बाख्रा डढेर मरेको स्थानीयले बताएका छन् । प्रहरीका अनुशार आगो बोखलजीतको घरबाट सुरु भएको थियो ।


सार्जनको घरमा भएको क्षतीको बिवरण आउन बाँकी छ । आगलागीमा कालुमानको ९ लाख ४० हजार बराबरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताउनुभयो ।

यस्तै, सिमपानी–९ स्थित कात्तिके सामुदायीक बन, सिमपानी ७ स्थित अँधेरी खोला सामुदायीक बन र बिजयखर्क ७ स्थित सामुदायीक बनमा शनिबार बिहानदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । अँधेरी खोला सामुदायीक बनमा लागेको डढेलो प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिने प्रयास गरेपनि सफल हुन सकेको छैन । जालपास्थित सालघारी सामुदायीक बनमा तीन दिनदेखि डढेलो भने नियन्त्रणमा आएको जिल्ला बन कार्यालयले जनाएको छ ।

 आगलागीमा दुई घर नष्ट 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post