sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बिकासका लागि शिर्ष नेता गुहार्दै खोटाङका नेता

खोटाङ, चैत्र २९ । खोटाङका नेताहरुले बिकास निर्माणमा भइरहेको ढिलासुस्तीका बिषयमा दवाव दिन कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुहारेका छन् ।

जिल्लाको बिकास निर्माणलाई चुस्त र द्रुत गतिमा पूरा गर्नकालागि दवाब दिन काठ्माण्डौं पुगेको स्थानीय शान्ति समिति नेतृत्वको नेताहरुले सोमबार प्रतिपक्षी र सत्तारुढ दलका प्रमुख समक्ष डेलीगेसन गएर सहयोगका लागि गुहारेका हुन् । जिल्लास्थित सबै दलका प्रमुख नेता सम्मिलित टोलीले कांग्रेस सभापति देउवा र एमाओबादी अध्यक्ष प्रचण्डलाई बिकास निर्माणमा भइरहेको ढिलासुस्तीका बिषयमा जानकारी गराउँदै जिल्लाको बिकासलाई द्रुत गतिमा अघि बढाउने वातावरण बनाउनकालागि सहयोगको आग्रह गरेका छन् । 

खोटाङका बिकास निर्माणमा भइरहेका हेलचक्र्याँई र ढिलासुस्तीका बिरुद्ध नैतिक समर्थन जुटाउनकालागि देउवा र दाहाललाई भेट गरेर सहयोगकालागि आग्रह गरिएको स्थानीय शान्ति समितिका संयोजक श्यामराज राईले बताए । देउवालाई दिउँसो निवासमै पुगेर डेलीगेसन बुझाएको टोलीले प्रचण्डलाई साँझ भेट गरेको हो । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामस्थित दुधकोसीको पुल र रेग्मीटारस्थित साप्सु खोलाको पुल निर्माणमा ढिलाई भइरहेको, ठेक्का लागेपनि खोटाङ र उदयपुरको फोक्सिङ्टारस्थित सुनकोसीको पक्की पुल निर्माणको काम सुरु नभएको, दिक्तेल–हलेसी सडक खण्डको पिचका काम कछुवा गतिमा भइरहेको लगायतका बिषयमा जिल्लामा चौतर्फी आवाज उठ्न थालेपछि शान्ति समितिको नेतृत्वमा १९ जनाको टोली शुक्रबार राजधानी पुगेका हुन् । 

टोलीले जयरामघाट, फोक्सिङटार र साप्सु खोलाको पुल यथाशिघ्र निर्माण गर्न, हलेसी–दिक्तेल सडक कालोपत्रेका कामलाई तिब्रता प्रदान गर्न, भूकम्प पिडितलाई राहत तथा पुःर्नबासको व्यवस्था गर्न, हलेसीको जग्गा अतिक्रमण रोक्न, दिक्तेल–चखेवाभञ्ज्याङको मुआव्जा समस्य हल गर्न, खार्पा, तालखर्क, च्यानडाँडा, याम्खा, खानीडाँडा, भँडारेघाट, पाथेका र राजापानीमा प्रहरीचौकी स्थापना गर्न, सुनकोसीस्थित बंशीलाघाट र धाप्लाङघाटमा पक्की पुल निर्माण गर्न, जयरामबाट दुधकोसी हुँदै सुंदेल जाने करिडोर सडक निर्माण, राजापानी, सल्ले, धितुङ र लिच्कीराम्चे गाबिसलाई सुक्खाग्रस्त क्षेत्रकारुपमा घोषणा, दिक्तेलमा रंगशाला निर्माण, दिक्तेल नगरपालिकाको सडक कालोपत्रे लगायतका समस्य समाधानकालागि कांग्रेस सभापति देउवा र एमाओबादी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका छन् । ‘हाल सञ्चालनमा रहेका बिकास निर्माणका कामलाई द्रुत गतिमा पूरा गर्न र नयाँ योजना थप गर्नकालागि दुबै शिर्ष नेता समक्ष माग राखेका छौँ,’ शान्ति समितिका संयोजक राईले भने, ‘हाम्रो मागका बिषयमा उहाँहरुबाट सकरात्मक जवाफ आएको छ, उच्चस्तरिय राजनैतिक संयन्त्रमार्फत मागलाई सम्बोधन गर्ने आश्वसन पाएका छौँ ।’ 

आईतबार भूमीसुधार मन्त्री रामकुमार सुब्वालाई भेटेर हलेसीलाई गुरुयोजनामार्फत व्यवस्थित गर्न माग राखेको टोलीले सोमबार महिला बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनाली र खानेपानी तथा सरसफाई मन्त्री प्रेमसिं धामी लगायतलाई भेट गरेको छ । समितिले बिकास निर्माणमा भइरहेको ढिलासुस्तीका बिषयमा उठाइने आवाजलाई निर्णायक र शसक्त बनाउनकालागि राजधानीमै बसोबास गरिरहेका खोटाङ्गेबीच शनिबार छलफल गरेर सुझाव लिएको थियो । 

शान्ति समितिको नेतृत्वमा गएको सर्वदलीय सर्वपक्षीय टोलीले प्रधानमन्त्री, गृह–मन्त्रालय, अर्थमन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक बिभाग, शान्ति मन्त्रालय लगायतमा पुगेर बिकास निर्माणका सवालमा आवाज उठाउने जनाएको छ । बिकास निर्माणकालागि दवाव दिन दिक्तेलबाट कांग्रेस सभापति नरेश श्रेष्ठ, सचिव इच्छु राना, नेकपा एमालेका अध्यक्ष बबी चामलीङ, एमाओबादीका अध्यक्ष देवान किराती पृथ्बी, राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठ, राप्रपाका अध्यक्ष ललितकुमार राई, नेकपा मालेका संयोजक मिन आचार्य, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष तुलसी खम्बू, नेकपा माओबादी क्रान्तीकारीका अध्यक्ष सुनिल चौंलागाई लगायतको टोली काठ्माण्डौं पुगेका छन् । जिल्लाका नेता बिकास निर्माणका सवालमा दवाव दिन टोली बनाएर केन्द्र पुगेको यो पहिलो हो । हातेमालो गर्दै राजधानी पुगेको टोलीमाथि जिल्लाकालागि केही न केही उपलव्धी लिएर मात्र जिल्ला फर्कनुपर्ने दवाव छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post