sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » धर्नामा भएको प्रहरी हस्तक्षेपको एमाले खोटाङद्धारा बिरोध

खोटाङ, चैत्र २३ । नेकपा एमाले खोटाङले जयराम र फोक्सिङटारको पुल निर्माणमा भएको ढिलाईकाबिरुद्धमा धर्नामा बसिरहेका सांसद लगायतको टोलीमाथि भएको प्रहरी हस्तक्षेपको बिरोध गरेको छ ।
 खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामस्थित दुधकोसीको पुल निर्माणको गतिलाई तिब्रता प्रदान गर्न तथा खोटाङ र उदयपुरको फोक्सिङ्टारस्थित सुनकोसीको पक्की पुल निर्माणको काम तत्काल सुरु गर्न दवाव दिनकालागि मंगलबार सडक बिभागको ललितपुरस्थित कार्यालय घेराउमा संलग्न टोलीमाथि प्रहरी हस्तक्षेप भएको भन्दै एमालेले बिरोध जनाएको हो । 
शान्तिपूर्ण धर्नामा बसेका सांसद, नेता तथा कार्यकर्तामाथि दमन भएको भन्दै एमाले खोटाङका उपाध्यक्ष रामप्रसाद दंगालले विज्ञाप्तीमार्फत भत्र्सना गरेका छन् । एमालेले दोषीलाई कारबाही गर्न र खोटाङको बिकास निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर बन्न आग्रह गरेको छ । एमाले जिल्ला कमिटिले प्रहरीसँग भएको झपडमा घाईते भएका खोटाङ्गेको शिघ्र स्वास्थ्यलाभ तथा पक्राउ परेका एमाले बैकल्पिक केन्द्रीय सदस्य राजन राईको रिहाइको माग गरेको छ । 
सम्झौता मिति नाघेको ६ वर्षसम्म पनि जयरामघाटको पुलको काम पूरा नगर्ने र ठेक्का लागेको दुई वर्ष बित्दा समेत फोक्सिङटारको पुलको काम नथाल्ने ठेकेदारलाई कारबाही माग गर्दै मंगलबार सडक बिभागमा धर्ना तथा घेराउ कार्यक्रम गरिएको थियो । पुलको काममा आलटाल गर्दै सम्झौता मिति नाघेको वर्षौँसम्म पनि काम नसक्ने ठेकेदार र उनीहरुलाई संरक्षण गर्ने कर्मचारीका बिरुद्ध नेकपा एमाले खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चको आयोजनामा सांदस बिशाल भट्टराई र पाँचकर्ण राईको नेतृत्वमा जिल्लाबासी मंगलबार १० बजेदेखि एक घण्टे धर्नामा बसेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post