sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » आर्थिक मामिलामा कुरा नमिल्दा खुकुरी प्रहार, वृद्ध गम्भीर घाइते

खोटाङ, २४ चैत । आर्थिक लेनदेनमा कुरा नमिलेपछि खुकुरी प्रहार हुँदा खोटाङमा एक वृद्ध गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–१० का ३० वर्षीय खेलराज राईले प्रहार गरेको खुकुरीले सोही नगरपालिका–११ का ७५ वर्षीय कुलबहादुर राई गम्भीर घाइते भएका हुन् ।
टाउकोमा गहिरो चोट लागेको कुलबहादुरको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । आर्थिक लेनदेनको विषयमा उनीहरुबीच कुरा नमिलेपछि विवाद हुँदा खेलराजले कुलबहादुरमाथि खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 
खुकुरी प्रहार गर्ने खेलराजलाई घटना लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । पक्राउ परेका खेलराजलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको माझीले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post