sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बर्खेटारमा बस दुर्घटना

खोटाङ, ३० चैत । खोटाङमा बस दुर्टना भएको छ । बाट काठ्माण्डौंकालागि छुटेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर मंगलबार बिहान ५ जबे काठ्माण्डौंकालागि छुटेको छुटेको बा २ ख ६३७६ बस अर्खौलेको बर्खेटारमा दुर्घटनामा परेको हो । दिक्तेलबाट १८ यात्रृ लिएर छुटेको बस बिहान ८ बजेतिर पल्टिएको हो । दुर्घटनाका अधिकांश यात्रुको मृत्यु भएको अनुमान गरिएको छ ।

बीचबाटोमा अन्य यात्रु थप भएकाले दुर्घटनामा हाताहाती भएका यात्रुको संख्या खुल्न नसकेको प्रहरीले जनाएको छ । पल्टिएको बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । अहिले मृतकको शव पाखाभरी यत्रतत्र छरिएको अवस्थामा रहेको घटनास्थलबाट गुरुप्रसाद ढकालले बताउनुभयो ।

घटनास्थलमा छटपटाइ रहेका यात्रुलाई मात्र मध्यजनर गर्दै ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी अर्खौलेका प्रहरी र स्थानीयबासीले उद्धारका काम गरिरहेका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सरोज राई लगायतको टोली प्रस्थान गरेको छ ।
दुर्टना भएको स्थान


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post