sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » बाक्लिामा खानेपानीको हाहाकार, ट्याक्टरमा ल्याएको पानी पिउन बाध्य

खोटाङ, १६ वैशाख । जिल्लाको उत्तरी गाविस बाक्सिलामा खानेपानीको हाहाकार भएको छ । नजिकमा रहेका मुहान तथा कुवा सुकेपछि बाक्सिलास्थित वुद्धबजारमा खानेपानीको हाहाकार भएको हो ।

बजारमा खानेपानी नभएपछि तीन÷चार घण्टा टाढा रहेको हल्कुमबाट ट्याक्टरमा बोकाएर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय कुन्ती गुरुङले बताउनुभयो । “खानका लागि त ट्याक्टरमा बोकाएर ल्याएको किनेर भएपनि खाइँदै छ ।” उहाँले भन्नुभयो, “चर्पीमा प्रयोग गर्न र लुगाफाटा धुन ज्यादै समस्या भएको छ ।”

बजारमा सञ्चालित खानेपानी आयोजना बन्द भएपछि स्थानीय बर्मेधाराको पानी उपभोग गर्दै आएका बाक्सिलावासीलाई सो धारा पनि सुकेपछि समस्या भएको स्थानीय समिर राईले बताउनुभयो । “खानेपानी आयोजना बन्द भएपछि बजार क्षेत्रका करिब २०० घरधुरी उपभोक्ता काकाकुल अवस्थामा पुगेका छन् ।” उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने अवस्था आएको छ ।”

वर्ष दिनअघि मात्र सञ्चालनमा आएको बाक्सिला–सप्तेश्वर खानेपानी आयोजना गत चैतबाट बन्द भएको उपभोक्ता समितिका सचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । “आयोजना सञ्चालन हुँदा सबै धारामा राम्ररी पानी आउँथ्यो ।” उहाँले भन्नुभयो, “गत चैतबाट सबै धारा ठ्याप्प भएको छ, बजारको खानेपानी समस्या समाधान गर्न मुहान खोजी गर्नेक्रममा छौं ।”

हरेक बुधबार ठूलो हटिया लाग्ने बाक्सिलामा खानेपानी अभाव भएपछि बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । बजारमा किनमेलका लागि आउने सेवाग्राही तथा स्थानीयले फोहर गर्दा बजार क्षेत्रमा फोहर फैलिएको हो ।

बजारमा फैलिएको फोहर समयमै व्यवस्थापन गर्न नसकेमा झाडापखाला जस्ता रोगको महामारी फैलन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यसप्रति बेलैमा सचेत रहन स्वाथ्यकर्मीको सुझाव छ ।

गर्मी मौषम भएको समयमा प्रयाप्त पानीको आवश्यकता पर्ने भएपनि बाक्सिला क्षेत्रमा खानलाई समेत धौधौ भएको स्थानी कृष्णकुमार राईले बताउनुभयो । “मान्छेको लागि त बोकाएर ल्याएको भएपनि उपभोग गर्दै छौं ।” उहाँले भन्नुभयो, “पशुचौपायको कन्त बिजोग भयो ।”

खानेपानी अभावमा बाक्सिलास्थित पृथ्वी उच्च मावि लगायत आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत समस्या भएको स्रोतले जनाएको छ । विद्यार्थीहरुले खान तथा चर्पीमा प्रयोग गर्न घरैबाट पानी बोकेर लजाने गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post