sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बर्खेटार बस दुर्घट्नामा घाईते भएका एकको ज्यान गयो

खोटाङ, ५ बैसाख । खोटाङको महादेबस्थान–१ बर्खेटारमा भएको बस दुर्घट्नामा घाईते भएका उदयपुर ठानागाउँ–१ का ४० वर्षीय देबराज गिरीको ज्यान गएको छ । दुर्घट्नामा गम्भीर घाईते बनेका गिरीको उपचारकोक्रममा टिचिङ अस्पतालमा शनिबार राती ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक विद्यानन्द माझीले बताउनुभयो ।

गिरी सहितका घाईतेलाई घट्नास्थलबाट उद्धार गरी सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं पु¥याइएको थियो । यससँगै खोटाङ बस दुर्घट्नामा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

कोमामा राखिएका गिरीलाई अस्पतालले राती मृत घोषणा गरेको यातायात व्यवसायी खोटाङका महासचिव राजकुमार राईले जानकारी दिनुभयो । दुर्घट्नामा २४ जनाले घट्नास्थलमै ज्यान गुमाएका थिए । ३१ यात्रु घाईते बनेका थिए । घाईतेमध्ये गम्भीर अवस्थाका २३ जनालाई काठ्माण्डौं पु¥याइएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post