sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » साउदीमा एक नेपाली मृत फेला

खोटाङ, ५ बैसाख । साउदीअरबमा एक नेपाली सुतकै ठाउँमा मृत फेला परेका छन् । १५ वर्ष अघिदेखि साउदीअबरमा काम गर्दैआएका खोटाङको जालपा–८ का ३९ वर्षीय लक्ष्मण राई शनिबार ओछ्यानमा मृत फेला परेका हुन् ।

शक्रबार दिउँसो भलिबल खेलेर बेलुकाको खानपिनपछि सुतेका राई भोलीपल्ट बिहान मृत भेटिएको उनका साथीको भनाई उधृद गर्दै जालपास्थित जनसेवा समाज नेपालका अध्यक्ष दानबहादुर राईले बताउनुभयो । बिहान ड्यूटीमा जानकालागि उठाउँदा राईलाई ओछ्यानमै मृत भेटिएको सँगै कार्यरत साथीहरुको भनाई छ ।

साउदीमा सुतेकै ठाउँमा ज्यान गुमाएका खोटाङका लक्ष्मण राई ।
तस्बिरः बिकास राईको फेसबुक
सुरुमा मेकानिकको हेल्परकारुपमा काम सुरु गरेका लक्ष्मण पछिल्लो समय गाडी चालकका काम गर्दैआएका थिए । राई बिगत एक दशकदेखि परिवारसहित सुनसरीको तरहरामा बस्दैआएका थिए । उनका श्रीमती सहित एक छोरा र एक छोरी छन् । उनको शव नेपाल ल्याउने पहल भइरहेको छ ।

राईले वर्षदिनअघि जालपास्थित जालपा सामुदायीक अस्पतालकालागि एक थान जेनेरेटर खरिदकालागि रकम जुटाएका थिए । बिदेशबाट जेनेरेटर खरिदकालागि सहयोग गरेका लक्ष्मणको मृत्युको खबरले अस्पताल परिवारले दुःख व्यक्त गरेको छ । ‘जेनेरेटर खरिद गर्न सहयोग गरेको वर्ष दिन पनि भएको छैन,’ अध्यक्ष राईले भन्नुभयोे, ‘उसकै अकस्मात मृत्यु भएको खबरले स्तव्ध बनाएको छ ।’


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post