sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ज्येष्ठ नागरिकद्धारा बृद्धाश्रमको माग

खोटाङ, १२ बैसाख । खोटाङका ज्येष्ठ नागरिकले बृद्धाश्रमको माग गरेका छन् । ज्येष्ठ नागरिकको आर्थिक सामाजिक अवस्था सुधारकालागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आईतबार सदरमुकाम दिक्तेलमा आयोजना गरेको कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकले दिक्तेलमा बृद्धाश्रम निर्माणको माग गरेका हुन् ।

दिनभर एक ठाउँमा भेला भएर दुःखसुख साटासाट गर्ने ठाउँकोरुपमा उपयोग गर्नेगरी सदरमुकाम दिक्तेलमा बृद्धाश्रम निर्माण गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले मन्त्रालयका सहसचिव शंकरप्रसाद पाठक र उपसचिव भरतराज शर्मा समक्ष ज्येष्ठ नागरिकलाई दिइदैआइएको सामाजिक सुरक्षाभत्तामा बृद्धि गरिनुपर्ने माग राखेका छन् ।

जिल्लामा ज्येष्ठ नागरिकलाई बिश्राम गर्ने ठाउँको अभावमा रहेको ज्येष्ठ नागरिक दिर्पनारायण आचार्यले बताउनुभयो । ‘हामीलाई बस्ने र आराम गर्ने ठाउँको अभाव छ,’ आचार्यले हात जोडेर भन्नुभयो, ‘ज्येष्ठ नागरिककालागि एउटा आश्रम चाहियो ।’ महिला तथा बालबालिका कार्यालयकी प्रमुख गोमा प्रसाईले पनि ज्येष्ठ नागरिकको हितमा आवासीय केन्द्रको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

आफन्त भएका ज्येष्ठ नागरिकलाई परिवारमै पुःर्नस्थापना गर्न र आफन्त नभएकालाई आश्रय दिनकालागि आवासीय केन्द्रको आवश्यकता रहेको प्रसाईको भनाई थियो । कार्यक्रममा मानव अधिकारकर्मी लोकनाथ घिमिरेले ज्येष्ठ नागरिकको सामाजिक उत्थानकालागि मिडियाको उपयोगमा जोड दिनुभयो । घिमिरेले कतिपय ज्येष्ठ नागरिकको भत्ता परिवारको अन्य सदस्यले उपयोग गरिदिनाले समस्या आइरहेको उल्लेख गर्नुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post