sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » ‘बाक्सिला गोल्डकप’मा पाँच टिम क्वाटर फाईनल प्रबेश

खोटाङ, ८  बैसाख । खोटाङकै पहिलो र प्रतिष्ठित फुटबल प्रतियोगीता ‘बाक्सिला गोल्डकप’मा पाँच टिम क्वाटर फाईनल प्रबेश गरेका छन् । स्थानीय पृथ्बी उच्च माबि बाक्सिला खेलमैदानमा बुधबार सञ्चालित खेलमा बुईपा इलाभेन स्पोर्टस् क्लव बुईपा, सोल्मा स्पोर्टस क्ल्व सोल्मा, शान्तिनगर फुटबल क्लव इटहरी, सप्तेश्वर र खोटाङबजार गाबिस क्वाटरफाईनल प्रबेश गरेको हो ।

प्रतियोगीतामा बुईपा इलाभेन स्पोर्टस् क्लवले नेर्पालाई शून्यका बिरुद्ध १ गोल गर्दै क्वाटरफाईनल प्रबेश गरेको हो । यस्तै, पेनाल्टीमा पनि बराबर अंक आएपछि लक्की ड्रकामाध्यमबाट सप्तेश्वरले हौंचुरलाई पछि पारेको आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष समीर राईले बताउनुभयो । यस्तै, पेनाल्टीमा ३ का बिरुद्ध ५ गोल गर्दै खोटाङबजारले रतन्छालाई हराएको थियो । अन्तिम खेलमा शान्तिनगर फुटबल क्लब इटहरीले शून्यका बिरुद्ध ५ गोल गर्दै नुनथलालाई हराएको आयोजकले जनाएको छ । काठ्माण्डौंबाट मिलन युथ क्लव नआएपछि वाकओभर पाएर सोल्मा स्पोर्टस क्लवले क्वाटरफाईनलको यात्रा तय गरेको हो ।
 बाक्सिला गोल्डकपमा बल आफ्नो कव्जामा पार्ने प्रयास गर्दै शान्तिनगर फुटबल क्लव (रातो) र नुनथला गाबिस (निलो)का खेलाडी । तस्बिरः हाम्रो खोटाङडटकम
जिल्ला तथा जिल्लाबाहिरका गरी १७ टिमले प्रतिष्पर्धा गरिरहेको प्रतियोगीताका बिजेता टिमले एक लाख ५० हजार मूल्यको कप, नगद पुरस्कार, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपबिजेता सहित सेमीफाईनलिस्ट टिमलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि आयोजना हुँदैआएको ‘बाक्सिला गोल्डकप’ हप्ता दिनसम्म सञ्चालन हुने छ । २०६१ सालदेखि निरन्तर ८ औं संस्करण गराएको क्लबले तीन वर्षको ग्यापमा गोल्डकपलाई निरन्तरता दिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post