sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मासु पसलमा सुधार

 खोटाङ, २० चैत । खोटाङ सदरमुकाम दिक्तेलका मासु पसलको स्वच्छतामा सुधार आएको पाइएको छ । जिल्ला पशुसेवा कार्यालयको निरन्तरको प्रयासपछि गरिएको अनुगमनकाक्रममा कुखुरा, बंगुर र राँगाको मासु पसलको सरसफाईमा सुधार आएको पाइएको हो ।

बधशालाको व्यवस्था नहुँदा खुल्ला ठाउँमा काठको फलेक, खाट, प्लाष्टिक तथा त्यही पशुको छाला ओछ्याएर अस्वस्थकर मासु बिक्रीवितरण हुँदैआएको सदरमुकाममा हाल मासुलाई व्यवस्थित बिक्रीकक्ष निर्माण गरेर बिक्रीवितरणको व्यवस्था सुरु भएको जिल्ला पशुसेवा कार्यालय खोटाङका प्रमुख डाक्टर सरोज चौधरीले बताउनुभयो ।
कार्यालयका अनुशार सदरमुकाम दिक्तेलमा शनिबार र बुधबार लाग्ने हटिया तथा अन्य दिन काटिने राँगा, सुँगुर र खसीको मासु सडकका पेटी तथा भुँईमा प्लाष्टिक ओछ्याएर बिक्रीवितरण गर्नेक्रममा सुधार आएको पाइएको छ । मासु पसल सुधार गर्नुअघि उपभोक्ता गाडी तथा हावाले उडाएको धुलो परेको मासु खान बाध्य थिए । सबै प्रकारका मासु पशलमध्ये राँगाको तीन वटा मासु पसल अझैपनि अव्यवस्थित पाइएको कार्यालयले जनाएको छ ।

यसैबीच, स्वस्थ र स्वच्छ मासु उपयोगका विषयमा सचेतना जगाउन पशुसेवाले ‘बधशालादेखि भान्छासम्म स्वच्छ तथा स्वस्थ मासु’ भन्ने नाराका साथ आईतबारदेखि सुरु गरेको सचेतनामूलक कार्यक्रम शनिबार समापन गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post