sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » ६६ हजार बालबालिकालाई जापानिज इन्सेफ्लाईटिस बिरुद्धको खोप

खोटाङ, १२ बैसाख  । खोटाङका ६६ हजार बालबालिकालाई जापानिज इन्सेफ्लाईटिस बिरुद्धको खोप दिने तयारी गरिएको छ । आगामी बैसाख २६ गतेदेखि तीन चरणमा जिल्लाका १ वर्षदेखि १५ वर्ष मुनिका बालबालिकालाई जापानिज इन्सेफ्लाईटिस बिरुद्धको खोप दिने तयारी पूरा भएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका डा. रामबहादुर केसीले बताउनुभयो । बैसाख २६ देखि जेठ २ गते, जेठ ३ गतेदेखि जेठ ९ गते र जेठ १३ देखि १९ गतेसम्म गरी तीन चरणमा खोप अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

बैसाख २६ गतेदेखि जेठ २ गतेको अवधिमा फाक्टाङ, चिसापानी, खोटाङबजार र डाँडागाउँओख्रे ईलाकाभित्रका ३० गाबिसका बालबालिकालाई खोप दिइने डा. केसीले जानकारी दिनुभयो । यस्तै, जेठ ३ गतेदेखि ९ गतेसम्म ऐसेलुखर्क, बाक्सिला, दुर्छिम ईलाकाभित्रका २८ गाबिसका बालबालिकालाई तथा जेठ १३ गतेदेखि १९ गतेसम्म निर्मलीडाँडा, बुईपा र लामीडाँडा इलाकाभित्रका दिक्तेल नगरपालिका र १४ गाबिसका बालबालिकालाई खोप दिइने तयारी केसीले बताए । हरेक वडामा बुथ राखेर खोप दिने तयारी गरिएको छ । जनस्वास्थ्य कार्यालयले बालबालिकालाई जापानिज इन्सेफ्लाईटिस बिरुद्धको खोपबाट बञ्चित नगराउन आग्रह गरेको छ ।

जापानिज इन्सेफ्लाईटिस बिरुद्धको खोप दिनकालागि निमन्त्रणा कार्ड वितरण, महिला स्वास्थ्य स्वयंसेबिकालाई अभिमुखीकरण, स्वास्थ्यकर्मीकालागि तालिम, श्रोतव्यक्तीलाई अभिमुखीकरण लगायतका कार्यक्रम भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जापानिज इन्सेफ्लाईटिस जेई भाइरसबाट संक्रमित क्यूलेक्स जातको लामखुट्टेको टोकाईबाट लाग्ने मष्तिष्क सम्बन्धी रोग हो । पहिलोपल्ट रुपन्देहीमा देखा परेको रोग क्रमशः पहाड र हिमालमा समेत फैलदै गएका कारण यसबाट सचेत रहन स्वास्थ्यकर्मीको सुझाव छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post