sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » किरात राई कर्मचारी मञ्चको अध्यक्षमा अनिल

खोटाङ ४ बैसाख । किरात राई कर्मचारी मञ्च खोटाङको अध्यक्षमा अनिल किराती चयन हुनुभएको छ । किरात राई यायोक्खा खोटाङको कार्यालयमा शनिबार सम्पन्न कर्मचारी मञ्चको दोश्रो अधिबेसनले अध्यक्षमा किरातीलाई सर्वसहमत चयन गरेको हो ।

१५ सदस्यीय किरात राई कर्मचारी मञ्चको उपाध्यक्षमा रेखा राई, सचिवमा बिनोद राई, सह–सचिवमा तयन्द्रकुमार राई र कोषाध्यक्षमा सुरेश राई छानिनु भएको छ । हरिनारायण राई, जेपी राई, दिनेश राई, गोपाल राई, उषाकला राई, इरान राई, दिबस राई, गोपाल राई, एलबी राई र पदम राई सदस्य चयन हुनुभएको छ । कर्मचारी मञ्चको सल्लाहकारमा कोपीला राई चयन हुनुभएको छ । 

किरात राई कर्मचारी मञ्चको केन्द्रीय महासचिव युवराज राईको प्रमुख आतिथ्य तथा किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर राई र यायोक्खाकै पुर्वकेन्द्रीय उपाध्यक्ष चन्द्रबीक्रम राई बिशेष आतिथ्यमा अधिबेसन सम्पन्न भएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post