sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » चलचित्र ‘कुइने’ नयाँ वर्षका दिन रिलिज हुँदै

खोटाङ, २८ चैत । खोटाङको दिक्तेल नगरपालिका लफ्याङस्थित नमूना बाल क्लबले निर्माण गरेको भिडियो चलचित्र ‘कुइने’ नयाँ वर्षका दिन रिलिजको तयारी गरिएको छ । स्थानीय कलाकारको क्षमतालाई प्रष्फुटन गर्दै भिडियोको माध्यमबाट सचेतना अभिबृद्धिकालागि निर्माण गरिएको ‘कुइने’ बैसाख–१ गतेबाट रिलिजको तयारी गरिएको हो ।
पत्रकार सम्मेलनमा कुइनेका निर्माणपक्ष ।

निर्माणपक्षले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर बैसाख १ गते, ३ गते र ४ गते कुमारी चलचित्र हलमा चलचित्र प्रदर्शन गर्ने जानकारी दिएको छ । गार्जेनसीपको अभावमा बिकृतिमा फसिरहेका युवाको कथाबस्तुमा निर्माण गरिएको भिडियोमा स्थानीय कलारकारहरुको भूमीका देख्न सकिन्छ । शुभचन्द्र राई र कबि राईले निर्देशन गरेको कुइनेमा स्वयं निर्देशकद्धय बाहेक रामचन्द्र राई, यसोधा राई, अंकिता राई, गणेश राई, रामजीत राई, रत्नराज राई, प्रीतम, शान्तिराम, बिपी, बिशाल, सरोज, राजकुमार देब, करण राई र किसनकुमार राईको अभिनय रहेको छ ।

सञ्जीव राईको नृत्य निर्देशन रहेको चलचित्रलाई बिजय फुयाँलले छायांकन गरेका हुन् । गत असोजबाट छायांकन सुरु गरिएको चलचित्र दुई घण्टा लामो छ । कुइनेका माध्यमबाट गाउकै कलाकार, गाउँकै कथा, गाउँकै कला, गाउँकै जीवनशैली र दृश्यलाई पर्दामा देख्न सकिने छ । चलचित्रले दर्शकलाई ‘बोरिङ’ नगर्ने निर्माणपक्षको दाबी छ ।

चलचित्र बिकास बोर्डको स्विकृति र मापदण्ड अनुशारका ठूला पर्दाका चलचित्र बनाइने पत्रकार सम्मेलनमा निमार्ता शुभचन्द्र राईले बताए । ‘भिडियोको माध्यमबाट गाउँमा चेतना छर्ने सानो प्रयास गरिएको हो,’ निर्माता राईले भने, ‘भविष्यमा व्यवसायीक चलचित्र निर्माण गर्ने लक्ष बनाएका छौँ ।’ यही टिमले यसअघि भिडियो ‘नतिजा’ बनाएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post