sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » चट्याङ लागेर एकको ज्यान गयो

खोटाङ, ११ बैसाख । चट्याङ लाग्दा खोटाङमा बाक्सिला गोल्डकप हेरीरहेका एक दर्शकको ज्यान गएको छ । बाक्सिला फुटबल क्लवको आयोजनामा स्थानीय पृथ्बी उच्च माबि बाक्सिला खेलमैदानमा भइरहेको बाक्सिला गोल्डकपको नवौं संस्करण अन्तरगतको प्रतियोगीता हेरीरहेको समयमा परेको चट्याङले सप्तेश्वर–४ का ६० वर्षीय जगतबहादुर राईको ज्यान गएको हो ।

सामान्य वर्षा भइरहेको समयमा बिद्यालयको पेटीमा बसेर खेल हेरिरहेको समयमा चट्याङ लाग्दा शनिबार दिउँसो राईको घट्नास्थलमै मृत्यु भएको बाक्सिला फुटबल क्लवका अध्यक्ष समिर राईले जानकारी दिनुभयो ।

चट्याङ पर्दा ५ गम्भीर र १० जना सामान्य घाईते भएका छन् । प्रहरीका अनुशार बाक्सिला ७ का मीना सुनुवार, प्रमिला बिश्वकर्मा, चन्द्र बस्नेत, बाक्सिला ६ का रामकुमार राई र दिलकुमार राई गम्भीर घाईते छन् । यस्तै, बाक्सिलाका भूमीका राई, बालध्वज श्रेष्ठ, चुनकला सुनुवार, मेनुका बिश्वकर्मा, प्रकाश श्रेष्ठ, जानुका बिश्वकर्मा, बिर्ख तामाङ, पाथेकाका एलिना राई, सप्तेश्वरका गोपी राई, सप्तेश्वरकै उमेश राई घाईते भएको अध्यक्ष राईले जानकारी दिनुभयो । घाईतेलाई उपचारकालागि हेलीकोप्टरबाट राजधानी लैजाने तयारी भइरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post