sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» »Unlabelled » पुल र सडक निर्माणमा दवाव दिन शान्ति समितिको टोली राजधानी प्रस्थान

खोटाङ, २६ चैत । खोटाङका ठूला महत्वका बिकास निर्माणलाई चुस्त र द्रुत गतिमा पूरा गर्न दवाब दिनकालागि स्थानीय शान्ति समितिको टोली राजधानी काठ्माण्डौं प्रस्थान गरेको छ । पुल तथा सडक निर्माणका काममा भइरहेको ढिलासुस्तीका बिरुद्ध सम्बन्धित मन्त्रालयमा गएर दवाव दिनकालागि शुक्रबार शान्ति समितिको टोली दिक्तेलबाट काठ्माण्डौंतर्फ प्रस्थान गरेको हो ।

सबै दल र सबै पक्षलाई समेटेर राजधानी हिँडेको शान्ति समितिको टोलीले प्रधानमन्त्री, गृहमन्त्रालय, अर्थमन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक बिभाग, शान्ति मन्त्रालय लगायतका मन्त्रालयमा पुगेर पुल र सडक निर्माणमा भइरहेको ढिलासुस्तीका बिरुद्ध आवाज उठाउने जनाएको छ । यसबाहेक बिपक्षी दलका नेता, जिल्लाका वर्तमान एबं पुर्वसांसद लगायतसँग जिल्लाको बिकास निर्माणमा भइरहेको ढिलाइका विषयमा आवाज उठाउन छलफल गरिने शान्ति समितिका संयोजक श्यामराज राईले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामस्थित दुधकोसीको पुल र रेग्मीटारस्थित साप्सु खोलाको पुल निर्माणमा ढिलाई भइरहेको, ठेक्का लागेपनि खोटाङ र उदयपुरको फोक्सिङ्टारस्थित सुनकोसीको पक्की पुल निर्माणको काम सुरु नभएको, दिक्तेल–हलेसी सडक खण्डको पिचका काम कछुवा गतिमा भइरहेको भन्दै जिल्लामा चौतर्फी असन्तुष्टी पोखिन थालेपछि शान्ति समितिको नेतृत्वमा १९ जनाको टोली राजधानी हिँडेका छन् । पुल र सडकका ठेकेदारको ढिलासुस्तीले हद नाघेपछि पछिल्लो समय जिल्लाबासी आक्रोशित छन् ।

पुल, सडक लगायतका ढिलासुस्तीका बिषयमा जिल्लादेखि राजधानीसम्म सुरु भएको दवाबमुलक कार्यक्रमलाई समेटेर शान्ति समितिले आन्दोलनको नेतृत्व लिएको हो । टोलीले पुल र सडक बाहेक पर्यटन, भूकम्पको पुःर्ननिर्माण, खानेपानी समस्या लगायतका बिषयमा सम्बन्धित मन्त्रालयमा पुगेर आवाज उठाउने जनाएको छ ।

पुल र सडक चाँडो निर्माणको माग गर्दै बुधबार कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । यस्तै, गत माघ–२४ गते सडक बिभागमा धर्ना दिएका जिल्लाबासीले चैत्र २३ गते मंगलबार घेराउ नै गर्न पुगेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post