sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङलाई खुला दिशामुक्त क्षेत्र घोषणाको पहल सुरु

खोटाङ, २१ चैत्र । खोटाङ जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणाको पहल थालिएको छ । जिल्लाका ७२ गाबिस र एक नगरपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भएसँगै सिंगो जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणाको पहल थालिएको हो ।

गाबिसलाई गत जेठ १६ गतेअघि तथा नगरपालिकालाई चैत्र ७ गते खुला दिशामुक्त क्षेत्र घोषणा गरेपछि जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने बाटो खुलेको हो । 

जिल्लालाई खुला दिशामुक्त घोषणाकालागि क्षेत्रीय सरसफाई तथा स्वच्छता समन्वय समिति (आरवाससिसि) धनकुटाका संयोजक मोहन धिताल नेतृत्वको पाँच सदस्यीय टोलीले अन्तिम अनुगमन गरेको छ । आरवाससिसि नेतृत्वको टोलीले पाथेका–२, नेर्पा–८, दिक्तेल नगरपालिका–४, नुनथला–१, बुईपा बजार र दिक्तेल नगरपालिका–११ मा निर्मित शौचालयको अवस्थाका बिषयमा अनुगमन गरेको हो । अनुगमनपछि फर्किएको आरवाससिसिको अनुमतीपछि जिल्लालाई खुला दिशामुक्त घोषणा गरिने खानेपानी तथा सरफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख बिजय ठाकुरले बताउनुभयो । आरवाससिसिको अनुमतिपछि मात्र जिल्लालाई खुलादिशामुक्त क्षेत्र घोषणाको मिति तय हुने छ ।

सन् २०१५ भित्रै जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने गरी अभियान चलाइएपनि विविध कारणले सन् २०१६ मा मात्र जिल्ला खुला दिशामुक्त हुन लागेको हो । जिल्लाभर खुलादिशामुक्त क्षेत्र घोषणा अभियान चलिरहँदा जिल्लालाई सन् २०१५ भित्रै खुला दिशामुक्त घोषणा गर्ने निर्णय गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post