sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङ, जेठ पहिलो साता खुला दिशामुक्त क्षेत्र घोषणा

खोटाङ,१७  बैसाख । खोटाङलाई जेठ पहिलो साता खुला दिशामुक्त क्षेत्र घोषणा गरिने भएको छ । ७२ गाबिस र एक नगरपालिका रहेको जिल्लालाई जेठ–७ गते खुला दिशामुक्त घोषणा गर्न लागिएको हो । सबै गाबिस र नगरपालिका खुला दिशामुक्त घोषणा भइसकेपछि जिल्ला स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिको बिहिबार बसेको बैठकले जिल्ला घोषणाकालागि मिति तोकेको हो । गाबिसलाई गत जेठ–१६ गतेअघि तथा नगरपालिकालाई चैत्र–७ गते खुला दिशामुक्त क्षेत्र घोषणा गरेपछि जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने बाटो खुलेको हो ।

खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंको प्रमुख आतिथ्यतामा जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने तयारी सुरु गरिएको जिल्ला स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एबं खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय खोटाङका प्रमुख बिजय ठाकुरले बताउनुभयो ।

खुला दिशामुक्त घोषणाकालागि योग्य भएनङभएको विषयमा अनुगमन गरेर फर्किएको आरवाससिसिको अनुमतीपछि जिल्लालाई खुला दिशामुक्त घोषणाको प्रकृया अघि बढाइएको हो । क्षेत्रीय सरसफाई तथा स्वच्छता समन्वय समिति (आरवाससिसि) धनकुटाका संयोजक मोहन धिताल नेतृत्वको पाँच सदस्यीय टोलीले अन्तिम अनुगमन गरेको थियो । निर्धारित मितिमा अन्य जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा नभए खोटाङ ३३ औं खुला दिशामुक्त घोषणा हुनेछ । जिल्ला खुला दिशामुक्त घोषणालाई सफल बनाउन जिल्ला स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिले रचनात्मक सुझाव सल्लाहकालागि जिल्लाका दलसँग समन्वय बैठक गर्ने जनाएको छ । बैठक समितिका संयोजक एबं स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेको अध्यक्षतामा भएको थियो ।

सन् २०१५ भित्रै जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने गरी अभियान चलाइएपनि विविध कारणले सन् २०१६ मा मात्र जिल्ला खुला दिशामुक्त हुन लागेको हो । जिल्लाभर खुलादिशामुक्त क्षेत्र घोषणा अभियान चलिरहँदा जिल्लालाई सन् २०१५ भित्रै खुला दिशामुक्त घोषणा गर्ने निर्णय गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post