sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » ‘योजना सम्झौता अभियान’ सफल

खोटाङ,  १४ वैशाख । गुणस्तरीय र छिटो विकासका लागि जिल्ला विकास समिति खोटाङले थालेकोे ‘योजना सम्झौता अभियान’ सफल भएको छ । चालु आर्थिक वर्षका लागि स्वीकृत १ सय ७० योजनामध्ये जिविसले ९८ प्रतिसत सम्झौता गरेर योजना सम्झौता अभियान सफल पारेको हो ।

सम्झौता अभियान अन्तरगत ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, जिविस अनुदान, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम, साना सिँचाई, नदी नियन्त्रण र अन्य पूर्वाधार विकास कार्यक्रम, स्थानीय सडक सुधार कार्यक्रम, ग्रामिण सामुदायिक पूर्वाधार विकास, वौद्ध दर्शन तथा गुम्बा विकास, पुर्ननिर्माण तथा पुर्नस्थापना, शान्तिका लागि विकासलगायतका अन्य सवै कार्यक्रमको उपभोक्ता समितिसँग सम्झौता गरिसकीएको जिल्ला बिकास समितिका स्थानिय बिकास अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा ६ वटा योजना भएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, “योजना सम्झौता भएसंगै १० प्रतिसत योजनाहरुको फर्छौट पनि गरिसकिएको छ ।”

आर्थिक वर्षको अन्त्यतिर मात्र योजनाहरुको सम्झौता गर्ने परिपाटीले अधिकांश योजनाहरु बिगत वर्षमा अधुरै रहने तथा सम्पन्न भएका योजनाहरु पनि गुणस्तरहिन हुने भएकाले त्यसलाई अन्त्य गर्दै गुणस्तरीय र छिटो विकास गर्नका लागि योजना सम्झौता अभियान सञ्चालन गरिएको थियो ।

बिगत वर्षहरुमा ढिला सम्झौता गर्नाले जिल्लाबाट करोडौं बजेट फिर्ता भयो, पाण्डेले भन्नुभयो,  “आगामी दिनमा त्यस्तो हुन नदिन अभियान चलाएका थियौं ।”

योजना सम्झौतामा गरिने ढिलाइ र निर्माणका काममा हुने गुणस्तरहिनलाई नियन्त्रण गर्ने उद्देश्यका साथ जिविसले गत मङ्सिर–२० देखि पुस–२० गतेसम्म एक महिने अभियान ‘योजना सम्झौता अभियान २०७२’ सञ्चालन गरेको थियो । बिगत वर्षहरुमा जेठ÷असारमा योजना सम्झौता गरेर काम थालनी गर्दा गुणस्तरहिन निर्माण तथा ठूलो मात्रामा बजेट फ्रिज हुने गरेको थियो । यस वर्ष जिविसले सञ्चालन गरेको अभियानले निर्माण उपभोक्ता समिति तथा सरोकारवाला निकायको ध्यान अभियान तर्र्फ केन्द्रित भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post