sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » बस दुर्घटनामा मृतकको सम्झना र घाईतको स्वास्थ्यलाभको कामनामा दिप प्रज्वलन

काठमाडौं ३ वैशाख
खोटाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकको सम्झना र घाईतेको शिघ्रस्वास्थ्य लाभको कामनामा राजधानीको माइतीघरमा  दिप प्रज्वलन गरिएको छ । 

नेकपा एमाले खोटाङ–काठमाण्डौं सम्पर्क मञ्चको आयोजनामा शुक्रबार साँझ राजधानीमा रहेका खोटाङेले बस दुर्घट्नामा ज्यान गुमाएका मृतकको सम्झना तथा घाईतेको स्वास्थ्य लाभको कामना गर्दै माईतीघर मण्डलामा संयुक्तरुवमा दिप प्रज्वलन गरेका हुन् ।

मंगलबार बिहान सदरमुकाम दिक्तेलबाट काठ्माण्डौं जाँदै गरेको बस महादेबस्थान १ बर्खेटारमा दुर्घट्ना हुँदा ज्यान गुमाएका २४ मृतकको सम्झना, घाईते २३ जनाको स्वास्थ्य लाभ तथा पिडित परिवारको शान्त्वनाका लागि सामुहिकरुपमा दिप प्रज्वलन गरिएको हो । 

प्रज्वलनमा खोटाङका सांसद विशाल भट्टराई, ओखलढुंगाका सांसद यज्ञराज सुनुवार, एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, स्थानीय शान्ति समिति खोटाङका संयोजक श्यामराज राई, खोटाङ सेवा समाज काठ्माण्डौंका अध्यक्ष राकेश राई लगायतले दिप प्रज्वलन गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post