sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खेल पत्रकारिता पुरस्कार केदार मगरलाई

खोटाङ, ७ बैसाख । खोटाङको बाक्सिला फुटबल क्लव बाक्सिलाले पत्रकार केदार मगरलाई खेल पत्रकारिता पुरस्कार प्रदान गरेको छ । बाक्सिलामा मंगलबार सुरु बाक्सिला गोल्ड कपको नवौं संस्करण उदघाटनका अवशरमा क्लवले पत्रकार मगरलाई खेल पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

पत्रकारिताको माध्यमबाट जिल्लाको खेलकुद क्षेत्रको बिकास र उन्नतीका क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप पत्रकार मगरलाई नगद ५ हजार ९ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष समीर राईले बताए । गोल्ड कप उद्घाटनको अवशरमा प्रमुख अतिथिकारुपमा नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य राजन राईले पत्रकार मगरलाई नगदकासाथमा सम्मानपत्र प्रदान गरे । बिगत ७ वर्षदेखि पत्रकारितामा क्रियासिल मगर हाल नेपाल पत्रकार महासंघ शाखा खोटाङका सहसचिव एबं आदिबासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष हुन् ।
पत्रकार केदार मगरलाई बाक्सिला फुटबल क्लवको खेल पत्रकारिता पुरस्कार प्रदान गरिँदै । तस्बिरः हाम्रो खोटाङडटकम
२०६१ सालदेखि निरन्तर जिल्लाकै पहिलो र प्रतिष्ठित फुटबल प्रतियोगीता ‘बाक्सिला गोल्डकप’को ८ औं संस्करण गराइसकेको क्लबले हरेक गोल्डकप उदघाटनका अवशरमा पत्रकारलाई पुरस्कृत गर्दैआएको छ । यसअघि क्लवले नागरिककर्मी दमन राई, पत्रकार बिमला राई लगायतका पत्रकारलाई पुरस्कृत गरिसकेको छ । बाक्सिलास्थित खेलमैदानमा सुरु बाक्सिला गोल्ड कप हप्ता दिनसम्म सञ्चालन हुने क्लवका अध्यक्ष राईले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post