sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » ‘भूकम्प पिडितको अझै बेहाल’

खोटाङ, १२ बैसाख । खोटाङका नेताहरुले जिल्लाका भूकम्प पिडितले हालसम्म आवास निर्माणकालागि राहत नपाएको बताएका छन् । भूकम्प स्मृति दिबसमा आयोजित कार्यक्रममा सहभागी दलका नेताहरुले भूकम्प गएको वर्षदिनसम्म पनि पिडितले आवास निर्माणकालागि सहयोग नपाएको बताएका हुन् । जिल्ला दैबीप्रकोद उद्धार समिति र रेडक्रसको सहकार्यमा जिबिसको हलमा आईतबार आयोजना गरिएको स्मृतिसभामा भूकम्प पिडितका नाममा आएको रकम समेत उल्टै फिर्ता गएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

एमाले उपाध्यक्ष राम दंगालले घर भत्काएपछि मात्र आवास निर्माणकालागि रकम दिने भनिएका कारण राहत रकम फिर्ता गएको बताउनुभयो । कतिपय भूकम्प पिडित घर बनाउन अघि नसरेको र भत्काउनेले पनि राहत पाउन नसकेको दंगालको भनाइ थियो । एमाओबादीका सचिव दुर्गाजयन्ती राईले कतिपय पिडित हालसम्म खुला आकाशमुनि रहेको बताउनुभयो । उहाँले हालसम्म पनि भूकम्प पिडितले परिचयपत्रसम्म नपाउनु दुःखद भएको उल्लेख गर्नुभयो । स्वयं दल, प्रशासन, जिबिस र गाबिस सचिव गैरजिम्मेवारको मारमा भूकम्प पिडित परेको पुर्वसभाषद राईको भनाइ छ ।
 भूकम्प स्मृति दिबसमा खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा भूकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा सामुहिक मौन धारण गरिदै । 

शान्ति समितिका संयोजक श्यामराज राईले आएको राहत फिर्ता हुँदा भूकम्प पिडित पालमा बस्नुपरिरहेको बताउनुभयो । भत्किएका घरलाई ‘क’ बर्ग र जरजर बनेको घरलाई ‘ख’ बर्गमा राखिएकाले राहत रकम फिर्ता गएको उहाँले उल्लेख गर्नुभयो । नेकपा मालेका केन्द्रीय सदस्य रहेका उहाँले कतिपय भूकम्प पिडितले आफै घर बनाइरहेको बताउनुभयो । नेकपा माओबादी क्रान्तीकारीका नेता देबीप्रसाद रिजालले भूकम्प पिडितको अवस्था अझैपनि बेहाल रहेको उल्लेख गर्नुभयो । जिल्ला दैबीप्रकोप उद्धार समितिले गृहमन्त्रालयमा पठाएको राहत सम्बन्धी तथ्यांकमा समेत तलमाथि भएको पाइएको उनीहरुको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आफु प्रजिअकारुपमा आउँदासम्म पनि भूकम्प पिडितले कार्ड नपाएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, रेडक्रसका सभापति कुमारसिं बस्नेत लगायतले बोलेका थिए । भूकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा आईतबार साँझ त्रिबेणीचोकमा दिप प्रज्वलन गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post