sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » बैंकको शाखा कार्यालय पुनर्स्‍थापनाको माग

खोटाङ, २२ चैत । द्वन्द्वकालमा बिस्थापित राष्ट्रिय बाणिज्य बैंक तथा कृषि बिकास बैंकको शाखा कार्यालय  पुनर्स्‍थापनाको माग गर्दै खोटाङबासी नेपाल राष्ट्र बैंकको कार्यालयमा डेलीगेसन गएका छन् ।

सांसद बिशाल भट्टराई र पाँचकर्ण राई नेतृत्वको जिल्लाबासीले द्वन्द्वको समयमा बिस्थापित भएको बाक्सिलास्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय तथा हलेसी र चिसापानीस्थित कृषि बिकास बैंकको शाखा कार्यालय  पुनर्स्‍थापनाको माग गरेका हुन् ।

टोलीले नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामनी सिवाकोटीलाई भेटेर २०५८ सालमा बिस्थापित दुबै बैंकको शाखा कार्यालय  पुनर्स्‍थापनाकालागि पहल थाल्न आग्रह गरेको छ ।

टोलीले ऐसेलुखर्कमा  पुनर्स्‍थापनाको अन्तिम तयारी भएको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयलाई तत्काल सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post