sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » शिलान्यास गरेको बाईस वर्षपछि कालोपत्रेको प्रक्रिया सुरु

खोटाङ, २२ चैत । शिलान्यास गरेको बाईस वर्षपछि दिक्तेल–गाईघाट सडक कालोपत्रेको प्रक्रिया सुरु भएको छ । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको दिक्तेल–गाईघाट सडक बाईस वर्षपछि कालोपत्रेको प्रक्रिया सुरु भएको हो ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्नुभएको सडक बाईस वर्षपछि आइतबार दुई वर्षभित्र कालोपत्रेको काम सम्पन्न गर्नेगरि अर्थमन्त्रालयबाट बजेट बिनियोजन भएको खोटाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद विशाल भट्टराईले जानकारी दिनुभयो । “कच्ची सडक निर्माण भएको लामो समयसम्म स्तरोन्नतीको काम भएको थिएन ।” उहाँले भन्नुभयो, “१४२ किलोमिटरमध्ये १०१ किलोमिटर सडक खण्ड कालोपत्रे गर्न अर्थमन्त्री विष्णु पौडेलले दुई अर्ब ६८ करोड बजेट विनियोजन गर्नुभएको छ ।”

हिउँदमा धुलो र वर्षामा हिलोको कारण यातायात सञ्चालनमा अवरोध हुँदै आएको दिक्तेल–गाईघाट सडक तत्काल कालोपत्रे गर्न माग गर्दै आइतबार खोटाङका एक टोली अर्थमन्त्रालयमा डेलीगेशन गएका थिए । सडक डिभिजन कार्यालयले भर्खरै सर्वेक्षण गरेको प्रतिवेदनसहित ज्ञापनपत्र अर्थमन्त्री पौडेल समक्ष पेश गरिएको सांसद भट्टराईले जानकारी दिनुभयो ।

डेलीगेशन टोलीमा भट्टराईसहित सांसदद्धय पाँचकर्ण राई र सरस्वति बजिमय, कृषिविज्ञ मदन राई, एमाले बैकल्पिक केन्द्रीय सदस्य राजन राई लगायत अर्थमन्त्रालय पुग्नुभएको जनाइएको छ । हिउँदमा मात्र सञ्चालन हुँदै आएको दिक्तेल–गाईघाट सडकको दिक्तेलदेखि महुरेसम्म ४१ किलोमिटर सडक खण्ड एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा कालोपत्रेको काम हुँदै छ ।

महुरेदेखि उदयपुरको फोक्सिङटारसम्म ४९ किलोमिटर खोटाङ पर्छ भने, फोक्सिङटारदेखि गाईघाटसम्म ५२ किलोमिटर सडक खण्ड उदयपुर जिल्लामा पर्छ । तराईबाट सामान ढुवानी तथा यातायातका सवारी साधनमार्फत आवतजावत गर्न फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलीब्रिज जडान गर्ने गरिएको छ ।

हिउँदको समयमा मात्र सञ्चालन हुनेगरि जडान गर्ने गरिएको अस्थायी बेलीब्रिज झिकेपछि वर्षायाममा खोटाङ तराईका जिल्लाबाट विच्छेद हुने गरेको छ । फोक्सिङटारको सुनकोसी नदीमा पक्की पुल निर्माणका लागि ठेक्का लागेर शिलान्यास गरेको वर्षदिन बितिसक्दा पनि निर्माणको काम अघि बढेको छैन ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post