sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » सालपाको निक्षेप २३ करोड

खोटाङ, २६ चैत । खोटाङको सालपा बिकास बैंकले २३ करोडभन्दा बढि निक्षेप संकलन गरेको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित खोटाङबासीकै सहकार्यमा २०६९ साल साउन–३ गतेदेखि बैंकिङ कारोबार शुरु गरेको बैंकले चैत्र–२४ गतेसम्ममा २३ करोड १४ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ ।

शुक्रबार दिक्तेलमा आयोजित चौथो साधारणसभामा बैंकका कार्यकारी अधिकृत इश्वरमान राईले निक्षेपअन्तरगत चल्तीतर्फ ८० लाख ७० हजार १५६, बचततर्फ १८ करोड ३३ लाख ६८ हजार ३०७, मुद्धतितर्फ ३ करोड २९ लाख ८१ हजार ८१३ र कल खातातर्फ ७० लाख २२ हजार ७२६ रुपैयाँ कारोबार भइरहेको जानकारी दिनुभयो । बैंकले आर्थिक वर्ष २०७२÷०७३ को साउन–१ देखि चैत्र–२४ गतेसम्ममा १८ लाख ९२ हजार ९०४ रुपैयाँ मुनाफा आर्जन भएको जनाएको छ । ‘यस आर्थिक वर्ष ४० लाखको मुनाफा टार्गेट गरिएको छ,’ कार्यकारी अधिकृत राईले भन्नुभयो, ‘तर यो लक्ष्य हामी चैत्रमै पूरा गर्छौँ ।’ बैंकले ओभरड्राफ्ट कर्जा ११ करोड २९ लाख २९ हजार ८५२ तथा अन्य कर्जामा ३ करोड ७६ लाख ४३ हजार ४३९ गरी कुल १५ करोड ५ लाख ७३ हजार २९२ रुपैयाँ कर्जा प्रबाह गरेको जनाएको छ ।

२ करोडको पुँजी लगानीबाट शुरु गरिएको बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका १० वटा बचत खाता, ८ किसिमका मुद्दती खाता र ९ किसिमका कर्जा तथा सापट विप्रेषणलगायतका सेवा प्रवाह गर्दै आएको छ । यस्तै, बैंकले आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सि.जि. फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवा समेत प्रदान गर्दै आएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post