sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » ‘पहिचान एबं सामर्थ्यको आधारमा प्रदेश निर्माण’

खोटाङ, १६ बैसाख । संघीय गठबन्धन अन्तरगतको संघीय समाजबादी फोरम खोटाङले ऐतिहासिक थाँतथलो, पृष्ठभुमी पहिचान एबं सामर्थ्यको आधारमा प्रदेश निर्माणको माग गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संघीय समाजबादी फोरमले राज्य पुनःसंरचना तथा राज्यशक्ती बाँडफाड समिति, राज्य पुनःसंरचना उच्चस्तरिय सुझाव आयोगको प्रतिबेदन तथा मधेसी, आदिबासी जनजाती लगायत उत्पिडित समुदायसँग भएको सम्झौता र नेपालको अन्तरिम संबिधान अनुशार प्रदेश निर्माणको माग गरेको हो । फोरमले स्वयत्त र अधिकार सम्पन्न तराई/मधेश लगायत लिम्बुवान, किरात, शेर्पा, ताम्सालिङ, नेवाः, तमुवान, मगरात, खसान र मधेश सहित गैर भौगोलिक बिशेष प्रदेशको गठनको माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाउँदै फोरमले प्रदेशभित्र ऐतिहासिक थातथलो कायम भएका जातीय समुह, आदिबासी जनजाती, मुस्लिम, शिल्पी, पिछडावर्ग, सिमान्तकृत, अतिसिमान्तकृत र लोपोन्मुख समुदायको पहिचानमा आधारित स्वयत्त, संरक्षित र बिशेष क्षेत्रको व्यवस्थाको माग गरेको छ । सो पार्टीले खस समुदायलाई समेत आदिबासीमा सुचीकृत गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

संघीय समाजबादी फोरमका कार्यबाहक अध्यक्ष कर्णबहादुर कार्कीले बुझाएको ज्ञापनपत्रमा नेपालका सबै अंग र निकायमा बहुभाषिक नीति लागू गर्न, संघ, प्रदेशका हरेक निकायमा समानुपातिक समाबेसी प्रतिनिधित्व गराउन, माफियतन्त्र र कालोबजारी नियन्त्रण गर्न, उपभोग्यबस्तुको दैनिक गुणस्तर जाँचको व्यवस्था गर्न, बढ्दो भ्रष्टाचार र घुसखोरी अन्त्या गरी सुशासनको प्रत्याभुती दिलाउन, गरीब, अनाथ, बृद्धबृद्धा र अपांगको सामाजिक न्याय र सुरक्षा नीति अवलम्बन गर्न, कृषि क्षेत्रको औधोगीकरण गर्न लगायतका २६ बुँदे माग राखेको छ ।

संघीय समाजबादी फोरमका केन्द्रीय सदस्य सनबहादुर राई, किरात राज्य समिति सदस्य नबिन राई लगायतको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post