sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » एसएलसीमा अंग्रेजीको परीक्षा दिएर फर्किएकी परिक्षार्थीको निधन

खोटाङ, चैत्र १९ । खोटाङमा एसएलसि परिक्षार्थीको ज्यान गएको छ । महेन्द्रद्धय उच्च मावि परिक्षा केन्द्रबाट एसएलसी दिँदै गरेकी शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसा माझीको बिहिबार राती ज्यान गएको हो ।

सामान्य ज्वरो आएपछि औषधि सेवन गर्दै अंग्रेजी विषयको परिक्षा दिएर फर्किएकी माझीको कोठामै ज्यान गएको प्रहरीले जनाएको छ । पेट दुख्ने समस्याले च्यापेपछि स्थानीयस्वास्थ्यकर्मी बोलाएर सामान्य उपचार गरेको केही समयपछि छात्राको मृत्यु भएको स्थानीय शिक्षक दिपक पौडेलले बताए । 

बतासे–४ भँडारेघाट निवासी छात्राको मृत्युको कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ । टाईफाईडको समस्याले छात्राको मृत्यु भएको जानकारी आएको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत मीनबहादुर थापाले जानकारी दिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post