sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बस दुर्घटनाका मृतकका आफन्तद्धारा सडक अवरुद्ध

खोटाङ, ३ बैसाख । बस दुर्घट्नामा ज्यान गुमाएकी खोटाङको निर्मलीडाँडा–३ की बिमला राईका आफन्तले उचित रातह माग गर्दै दिक्तेल–चखेवाभञ्ज्याङ सडक अबरुद्ध गराएका छन् । मृतक परिवारलाई बीमावापतको रकम तत्काल उपलव्ध गराइनुपर्ने, क्षमताभन्दा बढि यात्रु राख्ने यातायात व्यवसायी र त्यसको नियमन नगर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै मृतकका आफन्तले शुक्रबार बिहानदेखि दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध गराएका हुन् ।

निर्मलीडाँडाका स्थानीयले सडकमा मुढा र काठका ठुटा तेस्र्याएर सडक बन्द गराएको महेन्द्रोद्धय निमाबि निर्मलीडाँडाका प्रअ शंकर खत्रीले बताउनुभयो । मृतकको शव बुझ्नेक्रममा मृतकको साथमा रहेको गरगहना, नगद र सरसामान नपाएकोमा समेत आफन्त आक्रोशित छन् । सडक बन्द गराएका कारण दिक्तेलबाट चखेवा जाने र चखेवाबाट दिक्तेल आउने यात्रु समस्यमा परेका छन् । सडक बन्दका कारण दिक्तेलबाट भोजपुरतर्फ जाने यात्रु बढि मारमा परेका छन् ।

मृतकका आफन्तले क्षमताभन्दा बढि यात्रु नराख्न समेत माग गरेका छन् । आफ्नो मागका बिषयमा राजनैतिक दलका स्थानीय नेताको समर्थन प्राप्त रहेको बन्दकर्ताको भनाई छ । मृतकका आफन्तले खोटाङ यातायात व्यवसायीको गाडीलाई मात्र रोक लगाइएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक विद्यानन्द माझीले बताउनुभयो । अवरुद्ध सडक खुलाउन सहजीकरणकालागि प्रहरी निरिक्षक सरोज राईको नेतृत्वमा प्रहरी निर्मलीडाँडा पुगेको छ । मंगलबार महादेबस्थान–१ बर्खेटारमा बस पल्टिँदा २४ जनाको मृत्यु भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post