sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण सुरु

खोटाङ, २५ चैत । खोटाङ सदरमुकाम दिक्तेलमा जलवायु परिवर्तन र अनूकुलन सम्बन्धी चार दिने प्रशिक्षण सुरु भएको छ । ईसिमोडको सहयोग र जिल्ला बिकास समिति वाताबरण उर्जा तथा जलवायु परिवर्तन शाखाको सहकार्यमा गाबिस राष्ट्रिय महासंघको आयोजनामा बिहिबार प्रशिक्षण सुरु भएको हो ।

जनवायु परिवर्तनका बिषयमा जानकारी दिँदै यसको रोकथामका बिषयमा सचेतना अभिबृद्धिकालागि तालिमको आयोजना गरिएको गाबिस राष्ट्रिय महासंघ नेपालले जनाएको छ । प्रशिक्षणमा राजनैतिक दल, विषयगत कार्यालय, जिबिस, नगरपालिका, गाबिस, गैर–सरकारी संस्था, अधिकारबादी संगठन, पत्रकार लगायतको सहभागीता रहेको छ ।

तालिममा जलवायु परिवर्तन, यसका कारण, जलवायु परिवर्तनका अशर, जलवायु परिवर्तनमैत्री योजना, जलवायु अनूकुलन योजना तर्जुमा प्रकृया, हरितगृह लगायतका बिषयमा जानकारी दिइने आयोजकले जनाएको छ । होटल शुभदिनमा जारी प्रशिक्षणमा गाबिस राष्ट्रिय महासंघका बरिष्ठ कार्यक्रम अधिकृत लक्ष्मण पाण्डे र सुनिता कर्माचार्यले सहजीकरण गरिरहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post