sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दिक्तेलमा खोलाको पानी लिफ्ट गर्ने तयारी

खोटाङ ४ बैसाख । खानेपानीको अभाव चर्किन थालेपछि खोटाङ सदरमुकाम दिक्तेलमा भालुछेपे खोला दोभानबाट पानी लिफ्टीङ गर्ने तयारी गरिएको छ ।

बढ्दो शहरीकरण तथा जनसंख्य बृद्धिका कारण सदरमुकाममा खानेपानीको समस्य चर्किन थालेपछि दिक्तेल नगरपालिकामा खोलाको पानी लिफ्टीङ गरेर निकाल्ने पहल थालिएको हो । बिद्युतबाट चार सय मिटर तल रहेको खोलाको पानी तानेर निकाल्नकालागि दिक्तेल नगरपालिकाका सबै दलका नेता सम्मिलित पहल समिति गठन गरिएको छ ।

 भएका पूरानो मुहानको पानीले नगरपालिकालाई धान्न छाडेको, मुहान सुक्दै गएको तथा अन्य ठाउँबाट ल्याउने मुहान नपाएका कारण खोलाको पानी तान्ने योजना अघि सारिएको पहल समितिका सदस्य रहेका एमाले नगर कमिटि सदस्य गोपाल आचार्यले बताउनुभयो । दिक्तेल नगरपालिका ४ स्थित छेपे दोभानबाट निकालिने पानीलाई थामखोरेडाँडामा रहेको ट्यांकीमा जम्मा गरेर बजारमा बितरणको व्यवस्था मिलाइने जानकारी दिइएको छ ।

पहल समितिले डिटेल सर्भे, योजनाकालागि बजेटको व्यवस्था लगायतका काम गर्ने कांग्रेस नगरसभापति दुर्गाबहादुर घिमिरेले बताउनुभयो । पानी अभावमा बजारबासी, शसस्त्र प्रहरी बेसक्याम्प लगायतलाई सार्नुपर्ने अवस्था आउन लागेकाले खोलाको पानी लिफ्ट गर्नुको बिकल्प नरहेको पहल समितिले जनाएको छ । करिब ३८ सय घर रहेको नगरपालिकामा खोलाबाट प्रतिसेकेण्ड २० लिटर पानी तान्ने लक्ष्य राखिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post